भरतपुरका ४ वडाको नतिजा : तीनमा कांग्रेस, एकवटामा एमाले विजयी – Nepal Press

भरतपुरका ४ वडाको नतिजा : तीनमा कांग्रेस, एकवटामा एमाले विजयी

चितवन । भरतपुर महानगरपालिकाको चार वटा वडाहरुको अन्तिम परिणाम सार्वजनिक भएको छ । चारमध्ये ३ वडामा नेपाली कांग्रेस र एकमा नेकपा एमाले विजयी भएका छन् । कांग्रेसले वडा नम्बर १, २ र ४ मा अध्यक्ष जितेको हो । एमालेले वडा नम्बर ३ मा अध्यक्ष जितेको छ ।

पछिल्लो परिणाम आएको वडा नम्बर ४ मा कांग्रेसका अर्पण पोखरेल वडा अध्यक्षसहित प्यानल नै विजयी भएका छन् । सो वडामा अघिल्लो निर्वाचनमा एमालेले जितेको थियो ।

गएराती विवादका कारण दुइपटकसम्म मतगणना प्रभावित भएको थियो । सर्वदलीय सहमति गरी केहीबेरमा वडा नम्बर ५ को मतगणना गर्ने तयारी सुरु भइरहेको छ ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर