ओखलढुंगामा कांग्रेस कार्यकर्ताले मतपत्र च्याते – Nepal Press

ओखलढुंगामा कांग्रेस कार्यकर्ताले मतपत्र च्याते

काठमाडौं । ओखलढुंगामा नेपाली कांग्रेसका कार्यकर्ताले मतपत्र च्यातेका छन् । जिल्लाको चिसंखुगढी गाउँपालिका- ३ को गणनाको क्रममा वडाअध्यक्षका उम्मेदवारको बराबर परिणाम आएपछि पुनः गणना गर्नेक्रममा मतपत्र च्यातिएको हो ।

कांग्रेसका जिल्ला सचिव राजकुमार ढुंगाना नेतृत्वका कांग्रेस कार्यकर्ताले मतपत्र च्यातेपछि मतगणनास्थल तनावग्रस्त भएको छ । मतपत्र च्यात्ने कार्यमा संलग्न सचिव ढुंगानासहितका कांग्रेसका कार्यकर्तालाई नियन्त्रणमा लिइएको जिल्ला प्रहरी प्रमुख डीएसपी सुकदेव खनालले नेपाल प्रेसलाई बताए ।

‘घटनाको थप अनुसन्धान गरिरहेका छौं, विस्तृत विवरण आउन बाँकी छ’, खनालले भने ।

चिसंखुगढीमा माओवादी-कांग्रेसको तालमेल छ । पालिकामा गठबन्धन विजयी भइसकेको छ । वडानम्बर ३ मा माओवादी र कांग्रेसकै वडाअध्यक्षको उम्मेदवारको मत बराबरी आएपछि पुनः मतगणना थालिएको थियो । अहिले मतगणना रोकिएको छ ।


प्रतिक्रिया

2 thoughts on “ओखलढुंगामा कांग्रेस कार्यकर्ताले मतपत्र च्याते

  1. गठबन्दन हुदा पनि जित्नको लागि जंगली प्रवृत्ति देखाउने कांगेसिहरु ठुलै प्रजातान्त्रिक पार्टि भएको दाबी गर्छन त! यहि हो प्रजातान्त्रिक व्यबहार ?

  2. गठबन्धनकाे लाेकतन्त्रकाे उन्नतम रूप । विज्ञप्ति ननिकाल एमाले नत्र गठबन्धनका दुई प्रवक्ता खनिन्छन किनकी तिनकाे काम नै एमालेकाे विराेध गरेर विदेशीकाे भक्ति गाउने हाे ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर