भरतपुरमा १५ मतले विजयको लिड – Nepal Press

भरतपुरमा १५ मतले विजयको लिड

काठमाडौं । चितवनको भरतपुर महानगरपालिकाको मेयरमा नेकपा एमालेका उम्मेदवार विजय सुवेदी र गठबन्धनकी रेनु दाहालबीच कडा टक्कर भइरहेको छ । अपडेट अनुसार सुवेदीले ३३४२ मत पाएका छन् भने दाहालले ३३२७ मत पाएकी छन् । उनीहरुबीच १५ मतको अन्तर छ ।

गठबन्धनबाट बागी उम्मेदवारी दिएका जगन्नाथ पौडेलले १२०४ मत ल्याएका छन् ।

उपमेयरमा गठबन्धनका चित्रसेन अधिकारीले ३७१६ र राप्रपाकी हिमला गुरुङले २६६५ मत ल्याएकी छन् । यहाँ एमाले र राप्रपाबीच चुनावी तालमेल छ ।

वडा नम्बर तीनमा भइरहेको मतगणनाको पछिल्लो परिणामअनुसार एमालेका विकास थापाले ६७७ मत ल्याएका छन् भने कांग्रेसका भरत लामिछानेले ४२९ मत ल्याएका छन् ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर