बुढीनन्दा नगरपालिका ८ मा जेठ ३ गते पुन: मतदान हुने – Nepal Press

बुढीनन्दा नगरपालिका ८ मा जेठ ३ गते पुन: मतदान हुने

कैलाली । दोहोरो झडप पछि स्थगित भएको बुढीनन्दा नगरपालिका ८ मा जेठ ३ गते पुन मतदान हुने भएको छ ।

वैशाख ३० गतेको स्थानीय तहको निर्वाचनमा १ सय ३६ मत खसेपछि दोहोरो झडप भएको थियो ।

झडप नियन्त्रणको लागि प्रहरीले हवाई फाएर समेत गरेको थियो ।

निर्वाचन अधिकृतको कार्यालय बुढीनन्दा नगरपालिकाले आइतबार विज्ञप्ति निकालेर जेठ ३ गते बिहान ७ बजेबाट साँझ ५ बजेसम्म पुन मतदान हुने बताएको छ ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर