काठमाडौंको मतगणनास्थल बाहिर समर्थकको भीड, बालेनको पक्षमा नारा (तस्बिरहरु) – Nepal Press

काठमाडौंको मतगणनास्थल बाहिर समर्थकको भीड, बालेनको पक्षमा नारा (तस्बिरहरु)

काठमाडौं । काठमाडौं महानगरपालिकाको मतगणनास्थल राष्ट्रिय सभागृह बाहिर मतदाताको भीड लागेको छ । परिणाम पर्खेर बसेका मतदाताले आफूले मत दिएका उम्मेदवारको पक्षमा नारा लगाएका छन् ।

नारा लगाउनेमा स्वतन्त्र उम्मेदवार बालेन शाह पक्षधर मतदाता धेरै छन् । प्रारम्भिक मतपरिणाम बालेनको पक्षमा आएपछि उनका समर्थक हौसिएका छन् ।

पछिल्लो मतगणना अनुसार बालेन २१३ मतका साथ अग्रस्थानमा छन् । एमालेका स्थापित १५९ भोट ल्याएर दोस्रो स्थानमा उक्लिएका छन् भने कांग्रसकी सिर्जना १४८ मतका साथ तेस्रोमा छिन् । अघि स्थापित तेस्रोमा र सिर्जना दोस्रो स्थानमा थिए ।

अहिले काठमाडौंको वडा नम्बर १ र वडा नम्बर ३२ को मतगणना भइरहेको छ ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर