मधेसको पहिलो मतपरिणामः मलंगवा- १ को वडाध्यक्षमा कांग्रेसको जित – Nepal Press

मधेसको पहिलो मतपरिणामः मलंगवा- १ को वडाध्यक्षमा कांग्रेसको जित

जनकपुरधाम । मधेस प्रदेशमा नेपाली कांग्रेसको विजयी सुरुवात भएको छ । सर्लाहीको मलंगवा नगरपालिकामा कांग्रेसले वडाध्यक्ष जितेको हो ।

मलंगवा नगरपालिका वडा नम्बर १ का वडाध्यक्षमा कांग्रेसका नवल यादव ११ भोटको मतान्तरले विजयी भएका हुन् । यादव ४२३ मल ल्याएका छन् ।

उनका निकटम प्रतिस्पर्धी जसपाका वडाध्यक्ष उम्मेदवार राजकिशोर यादवले ४१२ मत पाएका छन् । मधेसको धेरै पालिकामा मतगनणा जारी रहेपनि यो पहिलो परिणाम हो ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर