देउवाकै वडामा कांग्रेस पछाडि, रुखभन्दा करुवा अगाडि – Nepal Press

देउवाकै वडामा कांग्रेस पछाडि, रुखभन्दा करुवा अगाडि

डडेल्धुरा । प्रधानमन्त्री एवं नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाको वडामा कांग्रेस पछि परेको छ । जारी मतगणनामा नेपाली कांग्रेस (बीपी) ले अग्रता लिएको छ ।

गन्यापधुरा गाउँपालिका वडा नम्बर १ मा कांग्रेस (बीपी) को चुनाव चिन्ह करुवामा २५१ मत परेको छ । दोस्रो स्थानमा रहेको नेपाली कांग्रेसको चुनाव चिन्ह रुखमा २४६ मत परेको छ ।

त्यस्तै नेकपा एकीकृत समाजवादीले ४१ मत ल्याएको छ । सो वडामा ६ सय मत गनिएको छ । प्रधानमन्त्री देउवा सोही वडाका मतदाता हुन् ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर