‘सैनामैनालाई समृद्ध बनाउने धाेको पूरा गर्न मेरो उम्मेदवारी’ – Nepal Press

‘सैनामैनालाई समृद्ध बनाउने धाेको पूरा गर्न मेरो उम्मेदवारी’

नेकपा एमालेका उपाध्यक्ष तथा पूर्वअर्थमन्त्री विष्णु पौडेलको निर्वाचन क्षेत्रमा रहेको सैनामैनामा नेकपा एमालेले यसअघि मेयर जितेका चित्रबहादुर कार्की र उपमेयर जितेकी बिना रानालाई पुनः उम्मेदवार बनाएको छ ।

अघिल्लो निर्वाचनमा जितेपछि सैनामैनाको विकासका लागि महत्वपूर्ण काम गरेको र केही योजना पूरा गर्न आफू पुनः जनताको परीक्षणमा जान लागेको बताउने कार्की र रानालाई अघिल्लो निर्वाचनमा एमालेमा रहेका केही नेकपा एसमा गएको र एमालेविरुद्ध बनेको गठबन्धन चुनौती बनेको छ । कांग्रेस माओवादीको गठबन्धन भएको यो पालिकामा नेकपा एस र जसपाले भने अलग्यै गठबन्धन गरेका छन् ।

नेकपा एमालेले सैनामैनालाई हरियालीसहितको सुन्दर सहर बनाउने लक्ष्यका साथ चुनावी प्रतिबद्धता जारी गरेको छ । पहिलो कार्यकालमा भए गरेका कामहरुको सूचिसहित नयाँ कामको प्रतिबद्धता गरिएको छ । सैनामैनाको समृद्धि र खुशहालीका लागि एमालेको नेतृत्वमा अगाडि सारिएका दीर्घकालीन योजनाहरुको पूर्णता दिंदा सुन्दर र हरियाली सहर बन्ने एमालेका उम्मेदवारहरुको दाबी छ ।

नगरपालिकालाई हरित सहर एवं बगैंचा सहरका रुपमा विकास गरिने र प्रत्येक घर परिसरमा कम्तीमा पाँचवटा फलफुलका बिरुवा लगाउनुपर्ने र बिरुवा निशुल्क उपलब्ध गराइने छ । वन क्षेत्रको संरक्षण गर्दै त्यसलाई पर्या–पर्यटन प्रबद्र्धन गर्नमा समेत सदुपयोग गर्ने एमालेले प्रतिबद्धता जनाएको प्रमुखका उम्मेदवार चित्रबहादुर कार्कीले बताउँछन् ।

‘शिक्षालाई सीपसँग, सीपलाई श्रमसँग, श्रमलाई उत्पादनसँग र उत्पादनलाई बजारसँग जोडी भविष्यमा उद्यमी, व्यवसायी, सिपयुक्त एव्म स्वाबलम्बी नागरिक बन्नका लागि सहयोय पु¥याउने उद्देश्यसहित सुरु भएको पढ्दै कमाउँदै कार्यक्रमलाई सञ्चालन गर्नका लागि नगरका विद्यालयहरुलाई उत्प्रेतिर गर्ने एमाले सैनामैनाको प्रतिबद्धता छ’ प्रमुख कार्कीले भने ।

पहिलो कार्यकालमा गरेका कामहरुको सूचीसहित प्रमुखका उम्मेदवार चित्रबहादुर कार्की, उपप्रमुखका उम्मेदवार बिना रानासहित ११ वटै वडाका उम्मेदवारहरु प्रत्येक वडाका अगुवा नेता कार्यकर्ताहरुसहित चुनावी अभियानमा निस्किएका छन् ।

११ वटा वडा रहेको सैनामैनाका ०७४ को चुनावमा एमालेले जितेको थियो । वडा नं. ४ मा सबै सेट र वड नं. ११ मा अध्यक्ष मात्रै कांग्रेसले जितेको थियो । पहिलो कार्यकालमा समृद्धिका आधार तयार पार्ने, समृद्ध र सुन्दर सैनामैनाको जग बसाल्ने काम भएको विवरणसहित प्रमुख कार्कीले अबको कार्यकालमा अधुरा योजना साकार पार्ने, बहुवर्षीय योजनाहरुलाई प्रभावकारी रुपमा सम्पन्न पार्ने र मुलुकको हरियाली सहरका रुपमा सैनामैनाको विकास गर्ने प्रतिवद्धता जनाए ।

सैनामैना नगरपालिका अन्र्तगत २०७४ सालको निर्वाचनबाट पहिलोे कार्यकालमा जनप्रतिनिधिका रुपमा निर्वाचित भएपछि प्राप्त कार्यभारलाई वहन गर्दै समग्र सैनामैना नगरको समृद्धिको आधारशिला खडा गरिएको एमालेबाट प्रमुखमा उम्मेदवार बन्नुभएका नेता चित्रबहादुर कार्कीले बताए ।

निर्वाचनको समयमा व्यक्त गरिएका प्रतिवद्धता अनुरुप “सैनामैना समृद्धिको आधार उद्योग, पर्यटन, र पूर्वाधार” भन्ने नारालाई साकार पार्न समृद्धिको आधार तयार पार्ने र तिनै आधारलाई कार्यान्वयन गर्ने कार्यक्रम समेत तयार पारिएको प्रमुखका उम्मेदवार कार्कीले बताए ।

स्वच्छ सदाचारयुक्त सुशासनको प्रत्याभूति सहित स्वचालित कार्यप्रणालीको स्थापना र अभ्यासको माध्यमद्वारा स्थानीय तहमा प्रवाह गरिने सेवामा गुणस्तरीयता, निष्पक्षता, पारदर्शीता, मितव्ययिता, जवाफदेहिता एवम् जिम्मेवार शासन प्रणालीको प्रतिवद्धतासंगै जनतामा सोको प्रत्याभुति दिन सफल भएको कार्कीले दाबी गरे ।

यस्ता छन् एमालेले सैनामैनाको विकास लागि गरेका केही प्रतिबद्धता

१) जनप्रतिनिधि आचारसंहितालाई लागू गर्ने, भ्रष्टाचारविरुद्ध शून्य सहनशीलता अपनाउने तथा सेवा प्रवाहमा चुस्तता, दुरुस्तता र आचरणमा शुद्घताको संकल्पसहित समृद्ध सैनामैनाको लक्ष्य साकार पार्ने ।

२) सैनामैना नगरपालिकाको भू–उपयोग योजनालाई आधार बनाई नगरपालिकाले तयार पारेको यातायात गुरुयोजनालाई कार्यान्वयन गर्ने ।

३) नेपालकै नमुना रिङ्गरोडका रुपमा रहेको सैनामैना चक्रपथ गौरवको परियोजनाको हरित सडकका रुपमा विकास गरी सम्पन्न गरिनेछ । सडकको मापदण्ड तोकिने र प्रत्येक वडाका सडकहरुलाई पूर्व–पश्चिम लोकमार्ग, चक्रपथ र मेजर रोडसँग पक्की सडकले जोड्ने ।

४) जोखिमपूर्ण क्षेत्रमा रहेका र असुरक्षित अवस्थाका बस्तीहरुलाई स्थानान्तरण गरिने र जनता आवास कार्यक्रमलाई विस्तार गर्ने, सम्पूर्ण सरकारी एवं सार्वजनिक जग्गाको लगत संकलन गरी संरक्षण गर्ने र स्थानीय विशेषता तथा आवश्यकता अनुरुप त्यस्ता जग्गाको उपयोग गर्ने ।

५) विपन्न परिवारलाई खानेपानीको धारा निःशुल्क जोडी दिने कार्यक्रमलाई निरन्तरता दिँदै गरिबीको परिचयपत्रबाहक सम्पूर्ण घरपरिवारलाई मासिक ५ हजार लिटर खानेपानी निःशुल्क उपलब्ध गराइने छ ।

६) ‘एकीकृत जलाधार क्षेत्र संरक्षण योजना’ तर्जुमा गरी तत् निकायमार्फत कार्यान्वयन गराइनेछ । सिंचाइका निम्ति आवश्यक पर्ने विद्युत डिमान्ड शुल्क हटाइनेछ । आगामी पाँच वर्षभित्र यस पालिका क्षेत्रभित्रका सम्पूर्ण कृषि योग्य जमिनमा सिंचाइ सुविधा उपलब्ध गराइनेछ ।

७) सैनामैना खुला संग्रहालय निर्माण गरिने, कुनै एउटा बस्तीलाई थारु सास्ंकृतिक गाउँको रुपमा मौलिक र परम्परागत शैलीमा विकासित गरिनेछ ।

८) ‘समृद्धि र सुखको मुख्य आधार ः शिक्षा क्षेत्रमा सुधार’ को नारा कार्यान्वयन गरिने । भर्ना दरलाई शतप्रतिशत बनाइने छ । प्रविधिमा आधारित अपनत्वसहितको गुणस्तरीय शिक्षा, सैनामैनाको प्रतिबद्धता भन्ने सोचलाई साकार पार्न एक शिक्षक एक ल्यापटप, एक कक्षाकोठा एक प्रोजेक्टर कार्यक्रमलाई प्रभावकारी बनाइने छ ।

९) सैनामैनाको स्थानीय पाठ्यक्रम तयार पार्ने र सैनामैनाको मौलिकतालाई चिनाउने गरी पाठ्यपुस्तकबाट पठन पाठन गराइने छ ।

१०) शिक्षालाई सीपसँग, सीपलाई श्रमसँग, श्रमलाई उत्पादनसँग र उत्पादनलाई बजारसँग जोडी भविष्यमा उद्यमी, व्यवसायी, सिपयुक्त एव्म स्वाबलम्बी नागरिक बन्नका लागि सहयोय पु¥याउने उद्देश्यसहित सुरु भएको पढ्दै कमाउँदै कार्यक्रमलाई सञ्चालन गर्नका लागि नगरका विद्यालयहरुलाई उत्प्रेतिर गरिनेछ ।

११) ५ वर्षभित्र ५ वटा विद्यालयमा प्राविधिक धारका विषयको पठनपाठन गराइने । कुनै एक विश्वविद्यालयको प्राविधिक धारको आङ्गिक क्याम्पस स्थापना गरिनेछ ।

१२) निर्माणाधीन १५ शैयाको विशेषज्ञसहितको सुविधा सम्पन्न अस्पतालको निर्माण कार्य पूरा गरी दुई वर्षभित्र पूर्ण रुपमा सञ्चालन गरिनेछ र सो अस्पताललाई क्रमशः ५० शैयामा स्तर वृद्धि गरिने छ । नगरलाई कुपोषण, कुष्ठरोग र क्षयरोग मुक्त पालिका बनाइनेछ ।

१३) ‘निरोगी नेपाल’ निर्माणको अभियानअन्तर्गत प्रवद्र्धनात्मक एवं उपचारात्मक दुवै खालका स्वास्थ्य कार्यक्रमहरु संचालन गरिनेछन् । योग, व्यायाम तथा मनोरञ्जनका लागि पालिका तथा वडा तहमा आवश्यक पूर्वाधारहरुको विकास तथा त्यस सम्बन्धी कार्यक्रमहरु संचालन गरिनेछ ।

१४) स्वस्थ खाद्य सामाग्रीको सुनिश्चितताको लागि पालिकाको केन्द्रमा एक ‘खाद्य परीक्षण प्रयोगशाला’को स्थापना गरिनेछ ।

१५) नगरका अस्पताल तथा स्वास्थ्य चौकीमा थप आधुनिक प्रयोगशालाको निर्माण गरिने छ र गुणस्तरीय फार्मेसी सेवा सञ्चालन गरी सुपथ मूल्यमा औषधी उपलब्ध गराइनेछ ।

१६) नगरका सबै नागरिकको स्वास्थ्य बीमा गरिने र गरिब परिचयपत्रबाहक नागरिक तथा अन्य पछाडि परेका वर्गको निशुल्क स्वास्थ्य बीमा गरिने छ ।

१७) हरेक विद्यालयमा प्राथमिक उपचारको प्रबन्ध मिलाइने छ । साथै किशोर–किशोरीहरुका लागि यौन तथा प्रजनन स्वास्थ्यसम्बन्धी कार्यक्रम सञ्चालन गरिनेछ ।
१८) स्वस्थ र सुखी सैनामैनाबासी बनाउने अभियानअन्तर्गत सैनामैनाका सबै विद्यालय र प्रत्येक टोलमा आधारभूत योगा तथा व्यायामशाला निर्माण र कार्यक्रम सञ्चालन गरिनेछ ।

१९) सैनामैना ११ को वनकट्टीमा एक सय बेडको ट्रमा सेन्टर निर्माण गरी पाँच वर्षभित्रै सञ्चालनमा ल्याइने छ ।

२०) एक रोजगारी कार्यक्रमलाई प्रभावकारी रुपमा कार्यान्वयन गरिने छ । साथै युवा स्वरोजगार कार्यक्रम, युवामैत्री स्थानीय तह विकास कार्यक्रमलाई निरन्तरता दिइनेछ ।

२१) जेष्ठ नागरिकहरुलाई निःशुल्क औषधि उपचार, विश्राम, अध्ययन, खेलकुद तथा मनोरञ्जनका सुविधाहरु उपलब्ध गराइनेछ । सैनामैना वडा नं. १ मा निर्माणाधीन प्रदेशकै गौरवको रुपमा रहेका ज्येष्ठ नागरिक सरंक्षण ग्रामको निर्माण संघ र प्रदेश सरकारको सहयोगमा सम्पन्न गरी शीघ्र सञ्चालनमा ल्याइनेछ ।

२२) ‘मेरो पालिका सामाजिक विभेदमुक्त पालिका’ कार्यक्रमलाई सार्थक बनाइनेछ ।

२३) भाषा, कला, साहित्य तथा संस्कृतिको संरक्षण र विकासका लागि सबै पक्षको सहभागिता रहने गरी एक प्रतिष्ठान स्थापना गरिनेछ ।

२४) कृषि पकेट क्षेत्रमा एक टोल एक पाठशाला सञ्चालन गरिनेछ साथै घरेलु बिषादी र कम्पोष्ट मल निर्माणमा जोड दिइनेछ । कृषिमा प्राङ्गारिक मलको प्रयोगलाई प्रोत्साहन गर्दै प्राङ्गारिक कृषि उत्पादनमा जोड दिइनेछ । निर्माणाधीन शीत गोदाम र बीउ भण्डारण सञ्चालन गर्ने कृषि उत्पादन (इबिक) कार्यक्रमलाई प्रभावकारी बनाइनेछ ।

२५) नगरपालिका अन्तर्गत एक ‘उद्यमशिलता विकास इकाई’ स्थापना गरि सहुलीयत पूर्ण बैंकिङ्ग सुविधा, अनुदान, सीपविकास तथा उद्यमशिलतासम्बन्धी तालिम दिइनेछ । वैदेशिक रोजगारीबाट फर्केका युवाहरुको ज्ञान, सीप र पूँजीको सदुपयोग गरी उनीहरुलाई स्वदेशमै रोजगारी सिर्जना गरिने छ ।

२६) भूमि बैंकको स्थापना गरी सम्पूर्ण खेतियोग्य बाँझो जमिन उक्त बैँकमा ल्याई कृषि तथा पशुपंक्षीलगायतका उत्पादनशील क्षेत्रमा काम गर्न चाहने कृषक तथा व्यवसायीहरुलाई लिजमा उपलब्ध गराइनेछ ।

२७) स्थानीय कच्चा पदार्थमा आधारित साना तथा मझौला उद्योगहरु स्थापना गर्न उपयुक्त वातावरण निर्माण गरिने छ ।

२८) कृषि तथा पशुजन्य उत्पादनबाट बहुउत्पादन गर्ने उद्यमीलाई आवश्यक पर्ने औजार तथा उपकरण खरिदमा विशेष अनुदान दिइने कार्यलाई निरन्तरता दिइनेछ ।

२९) सरसफाइ, वातावरण संरक्षण तथा विपद् व्यवस्थापन सम्बन्धमा विद्यालयको पाठ्यक्रममै समावेश गरी शिक्षा तथा जनचेतना अभिवृद्धि गरिनेछ ।
सैनामैना १० मा फोहोर प्रशोधन केन्द्र स्थापना एवम् सञ्चालन गरिनेछ । आवश्यकताअनुसार स्वच्छ तथा सफा सार्वजनिक शौचालयहरुको व्यवस्था मिलाइनेछ ।

३०) नगरपालिकालाई हरित सहर एवं बगैँचा सहरका रुपमा विकास गरिने र प्रत्येक घर परिसरमा कम्तिमा पाँचवटा फलफुलका बिरुवा लगाउनुपर्ने र विरुवा निशुल्क उपलव्ध गराइने छ । वनक्षेत्रको संरक्षण गर्दै त्यसलाई पर्या–पर्यटन प्रबद्र्धन गर्नमा समेत सदुपयोग गरिनेछ ।

३१) सैनामैना–७ मा बन्न लागेको औद्योगिक ग्रामको निर्माण कार्य पूरा गरिने छ । कृषिमा आधारित उद्योग कलकारखानाहरुको स्थापनाका लागि कृषक सहकारीहरुलाई प्रोत्साहित गरिनेछ ।

३२) नगरको समग्र विकासका लागि आवश्यक पर्ने लगानीका स्रोतहरुको सुनिश्चितताका लागि संघ तथा प्रदेश सरकारसंग आवश्यक समन्वय तथा सहकार्य गरिने छ ।

३३) स्वतन्त्र प्रेस, मानवअधिकार र अभिव्यक्ति स्वतन्त्रताको सम्मान गरिनेछ । प्रत्येक नागरिकलाई सूचनाको हकको प्रत्याभूति गरिनेछ ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर