आठबीसका एमाले मेयर उम्मेदवारको गाडीमा आगजनी – Nepal Press

आठबीसका एमाले मेयर उम्मेदवारको गाडीमा आगजनी

सुर्खेत । दैलेखको आठबीस नगरपालिकाको मेयरका उम्मेदवार तर्कबहादुर बडुवाल चढ्ने बा १९ च ५५७९ नम्बरको स्कार्पियो गाडीमा आगजनी भएको छ ।

चालक गाडीभित्रै सुतिरहेको समयमा आठबीस नगरपालिका– ४ राकम कर्णालीको खोलीबजारमा पार्क गरी राखिएको स्कार्पियोमा राति अज्ञात समूहले आगजनी गरेको हो ।

चालकले टायरमा आगो लागेको थाहा पाएपछि तत्काल गाडी चलाएर नजिकै रहेको खोलाको नहरमा पर्याएका थिए । जस कारण धेरै क्षति हुन भने पाएन ।

घटनाबारेमा प्रहरीले अनुसन्धान गरिरहेको इलाका प्रहरी कार्यालय राकम कर्णालीले जनाएको छ ।


प्रतिक्रिया

One thought on “आठबीसका एमाले मेयर उम्मेदवारको गाडीमा आगजनी

  1. गणतन्त्र नेपालको उपलब्धि यहि त हो

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर