पोखरा महानगरमा गठबन्धन विवाद- पार्टी कार्यालय तोडफोड गर्ने २३ कांग्रेस कार्यकर्ता पक्राउ – Nepal Press

पोखरा महानगरमा गठबन्धन विवाद- पार्टी कार्यालय तोडफोड गर्ने २३ कांग्रेस कार्यकर्ता पक्राउ

काठमाडौं । गठबन्धनको विरोध गर्दै घोषणापत्र सार्वजनिक गर्ने कार्यक्रममा अवरोध गर्न पुगेका पोखरा महानगरका कांग्रेस कार्यकर्ताले पार्टी कार्यालय तोडफोड गरेपछि प्रहरीले २३ जनालाई पक्राउ गरेको छ ।

गण्डकी प्रदेश कार्यालयमा ‘गठबन्धन चाहिँदैन,रुख बेच्न पाइँदैन’ भन्दै नाराबाजी गर्न पुगेका कार्यकर्ताले तोडफोड गरेपछि पक्रपाउ गरिएको जिल्ला प्रहरी कार्यालय कास्कीका डिएसपी सुन्दर तिवारीले बताए ।

गठबन्धनमा पोखराको मेयर नेकपा एसलाई दिएको विरोधमा रहेका कार्यकर्ताले वडामा समेत भागबण्डा गर्न लागिएपछि प्रदर्शन गरेका हुन् । वडा नम्बर १८ र २४ का कांग्रेस उम्मेदवारलाई उम्मेदवारी फिर्ता लिन पार्टीले निर्देशन दिएको थियो ।

ती दुई वडा नपाए माओवादीले गठबन्धनबाट बाहिरिने चेतावनी दिएपछि कांग्रेसले वडाध्यक्षका उम्मेदवारलाई नाम फिर्ता लिन भनेको छ । कांग्रेसबाट १८ वडामा शिवप्रसाद तिमल्सिना र २४ मा भरत अधिकारी उम्मेदवार छन् ।

३३ वडामध्ये कांग्रेसले ३१ वटा वडा लिएर २ वटा माओवादीलाई दिने सहमति गठबन्धनमा भएको छ


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर