गृहमन्त्रीको गतिविधि नोटिसमा छ : निर्वाचन आयोग – Nepal Press

गृहमन्त्रीको गतिविधि नोटिसमा छ : निर्वाचन आयोग

काठमाडौं । निर्वाचन आयोगले गृहमन्त्री बालकृष्ण खाण पार्टीको आन्तरिक विवाद मिलाउन सक्रिय रहेको विषय ‘नोटिस’ मा रहेको जनाएको छ ।

आयोगको नियमित पत्रकार सम्मेलनमा बागी उम्मेदवार मनाउन गृहमन्त्री खाण चितवन पुगेको बारे सोधिएको प्रश्नमा प्रतिक्रिया दिँदै आयोगका सहायक प्रवक्ता सूर्यप्रसाद अर्यालले यसबारे आयोगले छिट्टै निर्णय लिने बताए ।

‘दलका आन्तरिक विषयमा सावर्पजनिक पदमा रहेको व्यक्तिको सक्रियताबारे आयोगको ध्यानाकर्ष हुनेछ र भएको पनि होला । सार्वजनिक पदमा भएकाहरूले सोही अनुसारको आचारसहिंता पालना गर्नुपर्छ भन्नेमा आयोग दृढ छ’, अर्यालले भने ।

त्यस्तै चुनावी प्रचारका दौरान विभिन्न व्यक्तिहरुले अभिव्यक्ति दिदा ‘हेटस्पीच’ दिनसक्ने तर्फ आयोग सचेत रहेको अर्यालले बताए । हेट स्पीच र मिथ्या सूचना फैलन नदिन आयोगले निर्देशिका नै बनाएका काम गरिरहेको अर्यालको भनाइ छ ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर