‘नेतालाई कार्यकर्ताभन्दा आफन्त प्यारो’ – Nepal Press

‘नेतालाई कार्यकर्ताभन्दा आफन्त प्यारो’

काठमाडौं । देश यति बेला चुनावमय भएको छ । आउँदो वैशाख ३० गते हुने स्थानीय तह निर्वाचनका लागि उम्मेदवार मनोनयनसमेत भइसकेको छ ।

दलहरू आफ्ना उम्मेदवारहरूलाई मत दिन आग्रह गर्दै जनताको घरदैलोमा गइरहेको अवस्थामा हरेक दलमा ‘निष्ठावान र पुराना काराकर्ता’लाई पार्टीले उपेक्षा गरेको गुनासो बढेको छ ।

नेपाली कांग्रेसमा पहिल्यैदेखि यस्तो प्रवृत्ति भए पनि पछिल्लो समय कम्युनिष्ट पार्टीमा पनि उस्तै प्रवृत्ति हाबी भएको कार्यकताहरुको गुनासो छ । नेकपा एमाले प्रदेश १ का प्रदेश कमिटी सदस्य शेखर भट्टराई भन्छन्, ‘कांग्रेसमा २०५१ ०५२ सालतिर नै पुराना र निष्ठा वान कार्यकर्तालाई पन्छाउने, पहुँच र पैसा भएकालाई संरक्षण गर्ने गरेको देखिन्थ्यो तर २०६२ ०६३ को आन्दोलनपछि कम्युनिष्ट पार्टीहरूमा पनि त्यही समस्या आएको छ ।’

पार्टीहरूले पुराना कार्यकर्ताको मूल्यांकन नगरी पैसा र पहुँच हुनेलाई टिप्ने चलनले हरेक दलहरूले नसोचेको परिणाम भोग्नुपर्ने उनी बताउँछन् ।

पछिल्लो समय सत्तासाझेदार दलहरूको चुनावी गठबन्धनका कारण देशभर रहेका पुराना कार्यकर्तापछि पर्नु परेको नेपाली कांग्रेस मकवानपुरका पूर्वसचिव समेत रहेका आनन्दराम पराजुलीको भनाइ छ । केही स्थानहरूमा त पार्टीले टिकट वितरण गर्दा गठबन्धनका कारण केही साथीहरू पछि परे होलान् तर अधिकांश स्थानमा कांग्रेसले पनि नेताका पछि लागेर गुलामी, चकडी गर्नेहरूलाई टिकट वितरण गरेको उनी बताउँछन् ।

‘पुराना निष्ठावान कार्यकर्ताको कुरा नेतृत्वले नसुन्दा पार्टीले चुनावमा ठूलो व्यहोर्नु पर्छ’, उनले भने ‘हरेक राजनीतिक दलमा यहीं प्रवृत्तिका कारण पुराना कार्यकर्ता पलायन हुने अवस्थामा आएका छन् ।’

२०६२–०६३ को दोस्रो जनआन्दोलनपछि खुला राजनीतिमा आएको माओवादी पनि यही रोगबाट अछुतो रहेको छैन । माओवादीमा पनि वर्षौं अघिदेखि पूर्णकालीन भएर मुक्ति या मृत्युको कसम खाएर राज्यविरुद्धको लडाइँमा लागेका कार्यकर्ता भने अधिकांश पलायन हुने अवस्थामा छन् ।

कतिपय त अन्य विभिन्न पेसा व्यवसायमा आबद्ध भइसकेका छन् भने कतिपय विदेश पलायन भएका छन् । ०४६ सम्म पञ्चायती व्यवस्थाविरुद्ध र युद्धकलामा १० वर्षसम्म भूमिगत भएका माओवादीका हजारौं कार्यकर्ता पलायन भएका छन् ।

युद्धकलामा ज्यानको बाजी थापेर पार्टी बनाउन कष्ट गर्नेहरु पाखा लाग्नुपर्ने अवस्था आएको माओवादी कार्यकर्ता ठाकुर घिमिरेले बताए ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर