ताप्लेजुङमा कुटपिटबाट महिलाको मृत्यु – Nepal Press

ताप्लेजुङमा कुटपिटबाट महिलाको मृत्यु

ताप्लेजुङ । ताप्लेजुङको फुङलिङ नगरपालिका–११ मा कुटपिटबाट घाइते भएकी एक महिलाको मृत्यु भएको छ ।

बैशाख २ गते बिहान ८ बजे स्थानिय ५४ बर्षीया कुमारी काङंबा लिम्बुले छिमेकी ४४ वर्षीया मेनुका सार्कीलाई कुटपिट गर्दा घाइते भएकी सार्कीको आज बिहान मृत्यु भएको हो ।

यसरी कुटपिटबाट मृत्यु भएको भन्ने खबर प्राप्त भएसँगै जिल्ला प्रहरी कार्यालय ताप्लेजुङबाट खटिएको प्रहरी टोलीले लिम्बुलाई पक्राउ गरेको छ ।

हत्या आरोपमा पक्राउ परेकी लिम्बुको सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको जिल्ला प्रहरी कार्यालय ताप्लेजुङले जनाएको छ ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर