प्रचण्ड भन्छन्- सबै मिलेर एमालेलाई ब्याटलमा हराऔं – Nepal Press

प्रचण्ड भन्छन्- सबै मिलेर एमालेलाई ब्याटलमा हराऔं

काठमाडौं । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले सबै मिलेर एमालेलाई ब्याटलमा हराउनुपर्ने बताएका छन् । जसपाका सुदूरपश्चिम अध्यक्ष कृष्णकुमार चौधरीलाई स्वागत गर्दै सम्बोधनको क्रममा प्रचण्डले एमालेविरुद्ध जसरी पनि जित हात पार्नु पर्ने बताएका हुन् ।

‘एमाले के चिज हो भन्ने कुरा धेरै लामो अनुभव तपाईंहरूले हासिल गर्नुभएको छ । मेरो पनि तीनवर्षको अनुभव त भयो । सँगै बसेर अनुभव गरेँ,’ उनले भने,‘अब हामी सबै अनुभव हासिल गरेकाहरू एकजुट भएर ब्याटल जित्नुपर्छ । हामीले जित्छौँ ।’

चुनावमा माओवादीले जित्दा राष्ट्रले जित्नुसरह रहेको उनको दाबी थियो ।

उनले भने,‘हामीले जित्नु राष्ट्रले जित्नु परिवर्तनले जित्नु, संघीयता, लोकतन्त्र, गणतन्त्रले समावेशी समानुपातिकताले जित्नु हो ।’


प्रतिक्रिया

One thought on “प्रचण्ड भन्छन्- सबै मिलेर एमालेलाई ब्याटलमा हराऔं

  1. हो नेताज्यू हो , तपांईले हेलिकोप्टर चढ्नु जनताले हेलिकोप्टर चढ्नु हो , तपांई आलिशान महलमा ७० जना गार्ड लिएर सुरक्षित र ठांटसंग जिउनु नै जनता ठांटसंग जिउनु हो , तपांईले प्राडो चढ्नु नै जनताले प्राडो चढ्नु हो , तपांई धनी हुनु नै जनता धनी हुनु हो र तपांईको पार्टीले चुनाव जित्नु नै जनताले चुनाव जित्नु हो । त्यसैले जनताले तपांईले भने अनुसार नै भोट हाल्छन् – नआत्तिनोस ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर