युक्रेनबाट करिव ५०० नेपालीको उद्धार गरिएको एनआरएनएको दावी – Nepal Press

युक्रेनबाट करिव ५०० नेपालीको उद्धार गरिएको एनआरएनएको दावी

काठमाडौं । रसियाले युक्रेन माथि आक्रमण गर्न थाले देखि हाल सम्म युक्रेनबाट करिब ५०० जना गैरआवासीय नेपालीहरुको उद्धार गरेको एनआरएनएले जनाएको छ ।

गैर आवासीय नेपाली संघ (एनआरएनए) को काठमाडौं सुरु भएको १० महाधिवेशनमा प्रतिवेदन पेश गर्दै महासचिव डा हेमराज शर्माले युक्रेनबाट ५०० भन्दा बढीको उद्धार गरिएको जानकारी दिएका हुन् ।

बिधानतः अघिल्लो वर्ष अधिवेशन गरिसक्नु पर्ने भए पनि विवादका कारण हुन नसकेको महाधिवेशन आजदेखि काठमाडौं सुरु भएको हो ।

ललितपुर स्थित होटल हिमालयमा सुरु भएको अधिवेशनको उद्टघाटन सस्थापक अध्यक्ष डा उपेन्द्र महतो, पूर्व अध्यक्षहरु जीवा लामिछाने, भवन भट्ट र अध्यक्ष कुमार पन्तले संयुक्त रुपमा गरेका हुन् ।

लामो समयको विवाद साम्य पार्न २ जना अध्यक्ष गराएर जाने अध्यक्षका प्रत्यासीहरुबीच सहमति भएकाले बन्दशत्रमा बिधान संसोधनको प्रस्ताव पनि पेश हुने कार्यसूची रहेको छ ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर