सुदूरपश्चिम स्पोर्टस अवार्डको तेस्रो संस्करण चैत २५ गते – Nepal Press

सुदूरपश्चिम स्पोर्टस अवार्डको तेस्रो संस्करण चैत २५ गते

कैलाली । ‘सुदूरपश्चिम स्पोर्टस अवार्ड’ को तेस्रो संस्करण चैत २५ गते हुने भएको छ । आइतबार आयोजक नेपाल खेलकुद पत्रकार मञ्च कैलालीले धनगढीमा पत्रकार सम्मेलन गर्दै अवार्डको तेस्रो संस्करणको मिति सार्वजनिक गरेको हो ।

तेस्रो संस्करणको तयारी सुरु भइरहेको खेलकुद पत्रकार मञ्च कैलालीका अध्यक्ष सीताराम ओझाले बताए । उनले भने, ‘तेस्रो संस्करणलाई थप स्तरीय बनाउनका लागि अहिलेदेखि नै तयारी थालेका छौँ ।’

उच्च प्रदर्शन गरेका राष्ट्रिय तथा अन्तर्राष्ट्रिय क्षेत्रमा सफल भएका खेलाडी र प्रशिक्षक गरी विभिन्न ८ विधामा अवार्ड दिइने छ ।

उत्कृष्ट खेलाडी पुरुष र महिला, उत्कृष्ट प्रशिक्षक, वर्ष युवा खेलाडी, स्पेसल अवार्ड, लाइफ टाइम एचिभमेन्ट अवार्ड, सुदूरपश्चिम आइकन महिला र पुरुष विधामा अवार्ड प्रदान गरिने अवार्डका संयोजक तथा खेलकुद पत्रकार मञ्च कैलालीका महासचिव प्रदीप पाठकले जानकारी दिए ।

उत्कृष्ट खेलाडी पुरुष र महिला विधाका विजेतालाई ३५÷३५ हजार, उत्कृष्ट प्रशिक्षकलाई ३० हजार, वर्ष युवा खेलाडी, स्पेसल अवार्ड र लाइफ टाइम एचिभमेन्ट अवार्डका विजेतालाई २५÷२५ हजार नगदबाट पुरस्कृत गरिने खेलकुद पत्रकार मञ्चका कोषाध्यक्ष हरि जोशीले बताए ।

यस्तै सुदूरपश्चिम आइकन महिला र पुरुष विधाका विजेतालाई नगद २० हजारसहित ट्रफी, मेडल र प्रमाणपत्र प्रदान गरिने आयोजक नेपाल खेलकुद पत्रकार मञ्च कैलालीले जनाएको छ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर