आफ्नै साथीमाथि गोली प्रहार गर्ने युवक भारत भाग्न खोज्दा पक्राउ – Nepal Press

आफ्नै साथीमाथि गोली प्रहार गर्ने युवक भारत भाग्न खोज्दा पक्राउ

जनकपुरधाम । आफ्नै साथीमाथि गोली प्रहार गरेर फरार एक युवकलाई धनुषा प्रहरीले पक्राउ गरेको छ ।

पक्राउ पर्नेमा जनकपुरधाम उपमहानगरपालिका १९ का रुपेश यादव रहेका छन् ।

भारततर्फ भाग्ने क्रममा उनलाई धनौजी गाउपालिका ४ बाट पक्राउ गरेको धनुषाका प्रहरी प्रवक्ता डिएसपी जितेन्द्र बस्नेतले जानकारी दिए ।

उनका अनुसार यादवले जनकपुरधाम उपमहानगरपालिका १९ शिवपुरस्थित मामाको घरमा बस्दै आएका कमला नगरपालिका ८ का १८ बर्षीय मुकेश मुखियामाथि शनिबार साँझ गोली प्रहार गरेका थिए ।

यादवले मुखियामाथि गोली प्रहार गरेको स्वीकार गरेको डिएसपी बस्नेतले बताए ।

उनले भने, ‘अपराध स्वीकारेका यादवमाथि ज्यान मार्ने उद्योग तथा हातहतियार खरखजाना मुद्दामा अनुसन्धान अगाडी बढाएका छौं ।’

किराना पसलमै रहेका बेला गोली प्रहार गरेर यादव भागेपनि पेस्तोल त्यही छाडेका थिए । प्रहरीले सोही दिन पेस्तोल बरामद गरेको थियो ।

गोली लागेर घाइते मुखियाको उपचार काठमाडौंस्थित नर्भिक अस्पतालमा भइरहेको छ । घाँटीमा गोली अडकिएका कारण उनको अवस्था गम्भीर रहेका कारण जनकपुरमा उनको उपचार सम्भव नभएपछि तत्कालै काठमाडौं लगिएको बताइएको छ ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *