विद्यार्थी बलात्कार गरेको आरोपमा शिक्षक पक्राउ – Nepal Press

विद्यार्थी बलात्कार गरेको आरोपमा शिक्षक पक्राउ

रुपन्देही । अर्घाखाँचीमा १५ वर्षीया छात्रालाई जबर्जस्ती करणी गरेको आरोपमा एक शिक्षक पक्राउ परेका छन् ।

मालारानी गाउँपालिकाको माविस्तरको विद्यालयमा अध्यापन गराउने ती शिक्षकले एक विद्यार्थीलाई जबर्जस्ती करणी गरेको जाहेरीका आधारमा २७ वर्षीय शिक्षकलाई जिल्ला प्रहरी कार्यालय अर्घाखाँचीले पक्राउ गरेको हो ।

प्रारम्भिक अनुसन्धानपश्चात् अर्घाखाँची जिल्ला अदालतबाट ६ दिन म्याद थप गरी घटनाको अनुसन्धान थालिएकव अर्घाखाँची प्रहरीका सूचना अधिकारी इन्सपेक्टर गणेश खनालले जानकारी दिएका छन् ।

शिक्षकले पढाउने बहानामा पटक-पटक ती छात्रालाई बलात्कार गरेको जाहेरीमा उल्लेख छ ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *