राष्ट्र उत्थानको आईपीओ बाँडफाँट, २५ लाखभन्दा धेरैको हात खाली – Nepal Press

राष्ट्र उत्थानको आईपीओ बाँडफाँट, २५ लाखभन्दा धेरैको हात खाली

काठमाडौं । राष्ट्र उत्थान लघुवित्त वित्तीय संस्थाले निष्काशन गरेको साधारण सेयर (आईपीओ) मा २५ लाखभन्दा धेरैको हात खाली भएको छ । आज भएको बाँडफाँडमा आवेदक मध्ये ७९ हजार ४५० जना मात्रै १० कित्ताका दरले आईपीओ पाएका छन् ।

राष्ट्र उत्थानको आईपीओमा २५ लाख ७९ हजार ४ सय २ जनाको आवेदन परेको थियो । जसमा ७९ हजार ४५० जना आईपीओ पाएका हुन् ।
आवेदकहरुले आफुलाई परे नपरेको मेरो सेयर, बिक्री प्रबन्धक एनआइबिएल एस क्यापिटलको वेबसाइट र सीडीएस एन्ड क्लियरिङमा गएर हेर्न सक्ने छन् ।

कम्पनीले ८ लाख ५० हजार कित्ता आईपीओ ल्याएकोमा १ हजार ३ सय कित्ता कर्मचारीहरुलाई छुट्याएको थियो । भने ४२ हजार ५ सय कित्ता सामूहिक लगानी कोषलाई र ७ लाख ९४ हजार ५ सय कित्ता आईपीओ सर्वसाधारणका लागि ल्याएको थियो ।

आईपीओ बाँडफाँट पछि कम्पनीको चुक्ता पूँजी २६ करोड पुगेको छ । आईपीओ ल्याउनु भन्दा अघि कम्पनीको चुक्ता पूँजी १७ करोड ५० लाख रुपियाँ थियो ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर