‘ए’ डिभिजन लिगः च्यासल र पुलिसको स्थगित खेल आज – Nepal Press

‘ए’ डिभिजन लिगः च्यासल र पुलिसको स्थगित खेल आज

काठमाडौं । सहिद स्मारक ‘ए’डिभिजन लिगमा आज च्यासल युथ क्लब र नेपाल पुलिस क्लब भिड्दैछन् ।

लिगको नवौं चरणमा च्यासलका १९ खेलाडीमा कोरोना संक्रमण पुष्टि भएपछि खेल स्थगित भएको थियो । सोही खेल आज १ बजे दशरथ रंगाशालामा हुनेछ ।

आजको खेल दुवै टोलीका लागि निकै महत्वपूर्ण रहेको छ । रेलिगेशन क्षेत्रमा संघर्ष गरिहेको च्यासलका लागि तीन अंक जोड्ने दबाब रहनेछ । भने पुलिस पनि तीन अंक जोडेर रेलिगेसनको दबाब कम गराउने योजनासहित मैदानमा उत्रिनेछ ।

पुलिस ८ खेलबाट सात अंकसहित तालिकाको ११ औं स्थानमा छ । च्यासल समान खेलबाट तीन अंकसहित रेलिगेशन क्षेत्रमा छ ।

यस्तै, लिगमा १०औं चरणको खेलहरू शुक्रबारबाट सुरू हुनेछ । एन्फाले मंगलबार सार्वजानिक गरेको १२औं चरणसम्मको खेल तालिकाअनुसार १०औं चरणको एक खेल र ११औं चरणको तीन खेल एन्फा कम्प्लेक्समा हुनेछ भने बाँकी सबै खेल दशरथ रंगाशालामै हुनेछ ।

नवौं चरणको समाप्तिमा साबिकविजेता मछिन्द्र फुटबल क्लब तालिकाको शीर्ष स्थानमा रहेको छ ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर