राजेशपायललाई एयरपोर्टसम्मै अमेरिकी सेक्युरिटी गार्डको ‘एस्कर्टिङ’ : आज नेपाल आइपुग्ने – Nepal Press

राजेशपायललाई एयरपोर्टसम्मै अमेरिकी सेक्युरिटी गार्डको ‘एस्कर्टिङ’ : आज नेपाल आइपुग्ने

काठमाडौं । गायक राजेशपायल राईको हालैको अमेरिका भ्रमण ‘बहुचर्चित’ यसअर्थमा रह्यो कि उनी मिडिया हेडलाइन बने ।

अंग्रेजी नयाँवर्ष सन् २०२२ को स्वागत गर्न न्यूयोर्कमा नेपाली समुदायले आयोजना गरेको कार्यक्रममा एक फ्यानले राईले गीत गाइरहँदा मञ्चमै दुव्र्यवहार गरेका थिए ।

उक्त दुव्र्यवहारलाई लिएर नेपालसहित विश्वभर व्यापक विरोध मात्र भएन दोषी र आयोजकलाई कार्वाही गर्न माग गर्दै टाइमलाइन आक्रोशित बन्यो । घटनाको केही दिनमै पासाङदावा शेर्पाले रक्सी र खादा चढाएर शेर्पा संस्कृतिअनुसार माफी पनि मागे ।

तर, उक्त घटनालाई लिएर आयोजक विवादित बनेको छ । घटना लगत्तै राईले न्यूयोर्क बाहेकका अन्य अमेरिकी राज्यमा कन्सर्ट पनि प्रस्तुत गरे ।

न्यूयोर्क घटना भएपछि राईलाई अमेरिका लगेको आयोजकले उनको स्वदेश फिर्ती पनि भव्य ढंगले नै गरेको छ । जोनएफ केनेडी विमानस्थल पुग्दा राईलाई सुरक्षागार्डले एस्कर्टिङ पनि गरेका थिए । नेपाली समुदायले राईको लागि विमानस्थलसम्मै सुरक्षागार्ड उपलब्ध गराएका थिए ।

गायक राई आजै अपरान्ह त्रिभुवन विमानस्थलमा अवतरण गर्दैछन् ।

 


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *