लेखराज भट्टका स्वकीय सचिवलाई एमाले कैलालीको भूगोलमा सर्वाधिक मत – Nepal Press

लेखराज भट्टका स्वकीय सचिवलाई एमाले कैलालीको भूगोलमा सर्वाधिक मत

कैलाली । नेकपा एमाले कैलालीको नेतृत्वका लागि मतगणना जारी छ । अहिले सम्म पदाधिकारी र भूगोल तर्फको मतगणना सम्पन्न भइसकेको छ भने खुल्ला तर्फको र कोटा तर्फको मत गणना भइरहेको छ ।

५ वटा निर्वाचन क्षेत्र रहेको कैलालीको क्षेत्र नम्बर चारमा पूर्व माओवादीबाट नेकपाकै निरन्तरता स्वरूप एमाले भएकाहरूले राम्रो मत पाएका छन् ।

१० जनाको लागि हुने एक निर्वाचन क्षेत्रमा झन्डै तीन गुणा बढी उम्मेदवारी परेको थियो । एमाले सचिव लेखराज भट्टको गृहनगर समेत रहेको क्षेत्र नम्बर ४ मा २८ जनाबीच प्रतिस्पर्धा भएको हो । त्यो मध्ये भट्टका स्वकीय सचिव हितेश ओझाले उक्त क्षेत्रमा सर्वाधिक मत पाएका छन् ।

उनले २७० मत पाएको निर्वाचन समितिले जनाएको छ । ६०९ जनाले मतदान गरेको निर्वाचनमा ५८९ मत खसेको थियो । उनले कुल खसेको मतको झण्डै आधा मत पाएका हुन् । पूर्व माओवादीबाट नेकपा हुँदै एमाले भएका अन्य उम्मेदवारले पनि राम्रो मत पाएर निर्वाचित भएका छन् ।

अन्तिम मत परिणाम अनुसार गणेश साउदले २५७ मत पाएका छन् । उनी पनि नेकपा हुँदै एमाले भएका नेता हुन् । त्यस्तै नेकपा हुँदै एमाले भएका शर्मानन्द भट्टले पनि २३३ मत पाएका छन् ।

एमालेको आठौँ अधिवेशनमा युवाले राम्रो मत पाइरहेका छन् ।

हरेक भूगोलबाट ५ महिला सहित १५ जना निर्वाचित हुने एमाले विधान मा उल्लेख छ । पाँच महिला भने यस अघि नै निर्विरोध निर्वाचित भइसकेका छन् । भूगोल तर्फबाट पाँचै निर्वाचन क्षेत्रमा भने क्षेत्र नम्बर ३ का हर्क बहादुर बुढाले ३०१ मत ल्याएका थिए ।

यस अघि नै अध्यक्षमा रतन थापा, उपाध्यक्षमा दुर्गा जोशी, सचिवमा डेजी पाण्डे, उपसचिवमा ममता प्रसाद चौधरी र लोकेन्द्र शाही निर्वाचित भइसकेका छन् ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर