मधेश सरकारको नीति तथा कार्यक्रम : ‘घुमौं मधेश, बुझौं मधेश’ देखि जनमतका शहीद यादवको पार्क बनाउनेसम्म – Nepal Press

मधेश सरकारको नीति तथा कार्यक्रम : ‘घुमौं मधेश, बुझौं मधेश’ देखि जनमतका शहीद यादवको पार्क बनाउनेसम्म

जनकपुरधाम । मधेश सरकारले अगामी आर्थिक वर्षमा ‘घुमौं मधेश, बुझौं मधेश’ नारासहित पर्यटकलाई भित्र्याउने ल्याउने योजना ल्याएको छ ।

प्रदेशसभामा प्रदेश प्रमुख सुमित्रा भण्डारीले अगामी आर्थिक वर्ष २०८१/०८२ को नीति तथा कार्यक्रम प्रस्तुत गर्दै प्रदेश समृद्धिका लागि ठूलो संख्यामा पर्यटक भित्र्याउने योजना प्रस्तुत गरिन् । उनले जानकी मन्दिरलाई विश्व सम्पदाको सूचीमा पार्न पहल गरिने पनि उल्लेख गरिन् ।

जनकपुरधाममा भारतीय पर्यटकलाई लक्षित गरी सुविधा सम्पन्न धर्मशाला निर्माण गरिने घोषणा गरिएको छ । यस्तै जनकपुरधामसहितका धार्मिक तथा ऐतिहासिक क्षेत्रलाई पर्यटकीय क्षेत्रको रुपमा विकास गरिने सरकारको योजना छ ।

यस्तै सरकारले नीति तथा कार्यक्रममा शहिद राम मनोहर यादवको पार्क निर्माण गर्ने घोषणा पनि गरेको छ । ०७५ मा बर्दियामा तत्कालीन उप–प्रधानमन्त्री उपेन्द्र यादवलाई कालोझण्डा देखाउँदा पक्राउ परेका यादवको प्रहरी हिरासतमा मृत्यु भएको थियो ।

यादव तत्कालीन स्वतन्त्र मधेश गठबन्धनका कार्यकर्ता थिए । त्यसैले जनमत पार्टीले यादवलाई शहीदको रुपमा राखेको छ । उनलाई सरकारले शहीद घोषणा गरेको छैन ।

 


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर