प्रधानमन्त्रीको भारत भ्रमणबारे जानकारी गराउन एमाले सांसदले मागे रुलिङ (भिडिओ) – Nepal Press

प्रधानमन्त्रीको भारत भ्रमणबारे जानकारी गराउन एमाले सांसदले मागे रुलिङ (भिडिओ)

काठमाडौं । नेकपा एमालेका सांसद रघुजी पन्तले प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डको भारत भ्रमणको विषयमा सदनलाई जानकारी गराउन सभामुखको रुलिङ माग गरेका छन् । प्रतिनिधिसभाको बैठकमा बोल्दै प्रधानमन्त्रीले आजै सदनलाई भ्रमणको बारेमा जानकारी गराउन माग गरे ।

उनले भने, ‘भातरसँग सीमाको समस्या त्यतिकै छ, ईपीजीको प्रतिवेदन त्यतिकै छ, भारतसँग थाती रहेका समस्याहरू जस्ताको तस्तै छ । त्यसैबारे प्रधानमन्त्रीको भ्रमणको बिषयमा के कुराकानी भए सदनलाई जानकारी गराउन सभामुखबाट रुलिङ होस् ।’

उनले बाहिर मिडियामा बोलेपछि प्रधानमन्त्रीले पहिलो बोल्ने ठाउँ सदन भएको बताए ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर