जिल्ला सचिवको मृत्युपछि एमाले रोल्पाको अधिवेशन स्थगित – Nepal Press

जिल्ला सचिवको मृत्युपछि एमाले रोल्पाको अधिवेशन स्थगित

रोल्पा । जिल्ला कमिटी सचिव निमप्रसाद रोकाको हृदयघातबाट मृत्यु भएपछि रोल्पा एमालेको अधिवेशन स्थगित भएको छ ।

भोलिका लागि तय गरिएको अधिवेशन अर्को निर्णय नभएसम्म स्थगित गरिएको अध्यक्ष बालाराम बुढाले बताए । सचिव रोकाको बुधबार मृत्यु भएको थियो ।

पार्टी शोकमा परेपछि छैठौं जिल्ला अधिवेशन स्थगित गरिएको अध्यक्ष बुढाले विज्ञप्ति निकालेर जानकारी गराएका छन् । उनले जिल्ला पार्टी कार्यालय, पालिका र वडा कार्यालयका पार्टी झण्डा आधा झुकाउन पनि निर्देशन दिएका छन् ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर