माअ‍ोवादीको नयाँ कार्यक्रम : २१ औं शताब्दीमा समाजवादको नेपाली बाटो – Nepal Press

माअ‍ोवादीको नयाँ कार्यक्रम : २१ औं शताब्दीमा समाजवादको नेपाली बाटो

काठमाडौं । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्ककमल दाहाल प्रचण्डले महाधिवेशनमा २१ औं शताब्दीमा समाजवादको नेपाली बाटो शीर्षको दस्तावेज पेश गरेका छन् ।

८ औं महाधिवेशन अन्तरगत सोमबारबाट सुरु भएको बन्दसत्रको पहिलो चरणमा अध्यक्ष प्रचण्डले २१ औं शताब्दीमा समाजवादको नेपाली बाटो शीर्षकको दस्तावेद पेश गरेका हुन् ।

२१ औं शताब्दीमा समाजवादको नेपाली बाटो शीर्षकको दस्तावेज दुई घण्टा १५ मिनेट समय लगाएर अध्यक्ष प्रचण्डले बन्द सत्रमा प्रस्तुत् गरेका हुन् ।

अहिले नेता देव गुरुङले विधान संशोधन सम्बन्धि प्रस्ताव प्रस्तुत गरिरहेका छन् ।

बन्दसत्र सञ्चालनका लागि पार्टी स्थायी समिति सदस्य कृष्णबहादुर महराको अध्यक्षतामा गिरिराजमणि पोखरेल, गणेश साह, पर्शुराम तामाङ, पूर्णाकुमारी सुवेदी, पर्शुराम रम्तेल र रुपा महर्जन सदस्य रहेको सात सदस्यीय अध्यक्ष मण्डल गठन गरिएको छ ।

बैठकले नेता महरालाई अध्यक्ष मण्डलको अध्यक्षमा चुनेको हो । वैचारिक राजनीतिक दस्तावेज र विधान मस्यौदामाथि छलफल गर्न आजै समूह विभाजन गरी छलफल सुरु गरिने कार्यक्रम छ ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर