सशस्त्र प्रहरीका ११ जना एसएसपीलाई दज्र्यानी चिन्ह प्रदान – Nepal Press

सशस्त्र प्रहरीका ११ जना एसएसपीलाई दज्र्यानी चिन्ह प्रदान

एक जना एसपीलाई पनि दज्र्यानी चिन्ह

काठमाडौं । सशस्त्र प्रहरी बल नेपालका प्रहरी उपरीक्षक (एसपी) पदबाट सशस्त्र प्रहरी बरिष्ठ उपरीक्षक (एसएसपी) पदमा बढुवा भएका ११ जनालाई दज्र्यानी चिन्ह प्रदान गरिएको छ । सशस्त्र प्रहरी बल, नेपाल प्रधान कार्यालय हल्चोक स्वयम्भूमा आयोजित बिशेष समारोहमा सशस्त्र प्रहरी महानिरीक्षक शैलेन्द्र खनालले दज्र्यानी चिन्ह प्रदान गरेका हुन् ।

विशेष समारोहमा सशस्त्र प्रहरी महानिरीक्षक खनालले सशस्त्र प्रहरी नायव उपरीक्षक (डीएसपी) पदबाट सशस्त्र प्रहरी उपरीक्षक (एसपी) पदमा बिशेष बढुवा भएका एक जनलाईसमेत सशस्त्र दज्र्यानी चिन्द प्रदान गरेका छन् । गृहमन्त्रिस्तरीय निर्णयबाट मंसीर १३ गते ११ जना अधिकृत एसएसपी पदमा कायम मुकायम मुकर्रर बढुवा गर्ने निर्णय भएको थियो भने गृहसचिवस्तरीय मंसीर १९ गतेको निर्णयबाट एक जना एसपी पदमा बढुवा गर्ने निर्णय भएको थियो ।

विशेष समारोहमा सशस्त्र प्रहरी महानिरीक्षक खनालले पदोन्नती बृत्तिविकासको महत्वपूर्ण पाटोको रुपमा रहेको चर्चा गर्दै उनीहरुले राज्य र संगठनलाई पु¥याएको योगदानका साथै कार्यदक्षताको मुल्यांकन गर्दै पदोन्नती गरिएको बताएका थिए । उनले बढुवा भएका अधिकृतलाई बधाई तथा शुभकामना व्यक्त गर्दै बढुवासँगै प्राप्त भएको उत्तरदायित्व तथा जिम्मेवारी पुरा गर्न पूर्ण व्यावसायिक भई अनुशासित रुपमा कृयाशिल रहन निर्देशन पनि दिए ।

सशस्त्र प्रहरी महानिरीक्षक खनालले राष्ट्रसेवक सशस्त्र प्रहरी कर्मचारीलाई व्यक्तिगत स्वार्थलाई थाती राख्दै सामुहिक भावनाकासाथ राज्यले दिएको जिम्मेवारीका क्षेत्रमा कृयाशिल रहनुपर्नेमा जोड दिए । उनले राष्ट्रको सुरक्षा, जनताको सेवामा कटिबद्ध रहँदै फौजी संस्कारमा रहेर आफु मातहतकालाई समेत मार्गदर्शन गर्दै आम नागरिकको मन जित्ने गरी कार्यक्षेत्रमा कृयाशिल रहन निर्देशन दिए । समारोहमा सशस्त्र प्रहरी अतिरिक्त महानिरीक्षक (एआईजीपी) पुष्पराम केसी र रामशरण पौडेललगायत सशस्त्र प्रहरी बल, नेपालका बरिष्ठ सशस्त्र प्रहरी अधिकृतको सहभागिता रहेको थियो ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *