अमेरिकी विदेशमन्त्रीले भने : इन्डो-प्यासिफिक क्षेत्रमा हामी सैन्य र आर्थिक सहायतालाई विस्तार गर्छौं – Nepal Press

अमेरिकी विदेशमन्त्रीले भने : इन्डो-प्यासिफिक क्षेत्रमा हामी सैन्य र आर्थिक सहायतालाई विस्तार गर्छौं

पूर्वी एसियाली मुलुकको भ्रमणमा निस्किए ब्लिंकेन

काठमाडौं । अमेरिकी विदेशमन्त्री एन्टोनी ब्लिंकेनले हिन्द-प्रशान्त क्षेत्रका सदस्य मुलुकहरुसँग अमेरिकाले सैनिक र आर्थिक सहायतालाई विस्तार गर्ने बताएका छन् । यस क्षेत्रमा चीनको उत्तेजनात्मक गतिविधिलाई अमेरिकाले गम्भिरताको साथ नियालिरहेको उनले बताए ।

मंगलबार इन्डोनेसियाको भ्रमणको क्रममा बोल्दै अमेरिकी प्रमुख कूटनीतिज्ञले इन्डो-प्यासिफिक क्षेत्र विश्वकै गतिशिल क्षेत्र बनेको बताउँदै उनले चीनको जबर्जस्ती र धम्कीबिना यथास्थितीलाई निरन्तरता दिनुपर्ने खाँचो समेत आंैल्याए ।

‘यो क्षेत्रमा खुला र सहज पहुँचको सुनिश्चित गर्नेबारेमा हामी हाम्रा साझेदार र मित्रहरुसँग कानूनमा आधारित शासन र नियमलाई अघि बढाउनेबारेमा सहकार्य गर्नेछौं’ जकार्ता विश्वविद्यालयमा आयोजित कार्यक्रममा उनले भने ।

‘मलाई स्पष्ट हुन दिनूस कि कानूनी शासनलाई कायम राख्नु भन्नुको अर्थ कुनै पनि मुलुकलाई तल गिराउने भन्ने होइन’ उनले भने, ‘प्रत्येक मुलुकले आफ्नो अधिकारको प्रतिरक्षा गर्ने बाटोलाई पहिल्याउनुपर्छ ।’

गत जनवरीमा राष्ट्रपति जो बाइडेनले राष्ट्रपतिय कार्यभार सम्हालेपछि विदेशमन्त्री ब्लिंकनले पूर्वी एसियाली मुलुकको भ्रमण थालेका हुन् । पूर्वराष्ट्रपति डोनाल्ड ट्रम्पको कार्यकालमा पूर्वी एसियाली मुलुकसँग चिसिएको सम्बन्धलाई सुधार्न ब्लिंकन भ्रमणमा निस्किएका हुन् ।

साताव्यापी भ्रमणको क्रममा उनी मलेसिया र थाइल्यान्ड पनि पुग्नेछन् । उनको भ्रमणको उद्देश्य यस क्षेत्रमा बढ्दो चिनियाँ प्रभावलाई कम गर्नुमा केन्द्रित हुनेछ । दक्षिण चिनियाँ सागर, हङकङ र ताइवानमा चिनियाँ उपस्थितीलाई लिएर अमेरिकाले बेइजिङको आलोचना गर्दै आएको छ ।

सो क्रममा बोल्दै ब्लिंकेनले आफूहरुले चीनलाई चिढ्याउन कुनैपनि मुलुकहरुलाई अमेरिका वा चीनलाई छनौट गर्नुपर्छ भन्नेबारेमा दबाब नदिएको समेत दावी गरे । तर, उनले उत्तरपूर्वी एसियादेखि दक्षिणपूर्वी एसियासम्म, मेकोङ नदीदेखि प्रशान्त टापुसम्म बेइजिङले उत्तेजनात्मक गतिविधि कायमै राखेको भन्दै आलोचना समेत गरे ।

दक्षिण चिनियाँ सागरमा अमेरिकाले चीनबाट मुक्त खोजिरहेको समेत उनले बताए । ताइवानमा शान्ति र स्थायित्व हेर्ने अमेरिकी चाहना रहेको उनले बताए ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर