शहीद स्मारक ‘ए’ डिभिजन लिग: संकटा र मनाङ तथा च्यासल र एनआरटी भिड्दै – Nepal Press

शहीद स्मारक ‘ए’ डिभिजन लिग: संकटा र मनाङ तथा च्यासल र एनआरटी भिड्दै

काठमाडौं । शहीद स्मारक ‘ए’ डिभिजन लिगमा आज पहिलो खेलमा संकटा र मनाङ मर्स्याङदी तथा दोस्रो खेलमा च्यासल थुथ क्लब र न्युरोड टिम भिड्दैछन् ।

त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा हुने पहिलो खेल दिँउसो १ बजे सुरु हुनेछ । यस्तै, दोस्रो खेल ४:४५ बजे सुरु हुनेछ । पहिलो चरणमा जावलाखेल युथ क्लबलाई १-० गोलको नतिजामा पराजित गरेको मनाङले दोस्रो खेलमा हिमालयन शेर्पा क्लबविरुद्ध पनि सोही नतिजा निकालेको थियो । मनाङ मात्रै सुरुआती दुई खेलमा सतप्रतिशत नतिजा निकाल्ने टोली हो ।

आज हुने खेलमा मनाङ आफ्नो तेस्रो जित निकाल्दै तालिकाको शीर्ष स्थानमा फर्किने दाउमा छ । संकटा क्लबले पहिलो चरणमा हिमालयन शेर्पासँग १-१ गोलको बराबरी खेलेको थियो । यस्तै दोस्रो चरणमा फ्रेन्डस क्लबलाई २-१ गोलको नतिजामा पराजित गरेको थियो ।

यस्तै, च्यासल पहिलो चरणको खेलमा थ्री-स्टारसँग ३-० को नतिजामा पराजित भएको थियो । दोस्रो चरणमा एपीएफ क्लबलाई १-० को नतिजामा हराएको थियो ।

पहिलो चरणमा मछिन्द्र फुटबल क्लबसँग २-१ को नतिजामा पराजित भएको न्युरोडले दोस्रो चरणमा बिग्रेड ब्वाइजसँग गोलरहित बराबरी खेलेको थियो ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *