मनोनयन दर्ताका लागि समय थपियो, १० बजेसम्म उम्मेदवारी दर्ता गर्न पाइने – Nepal Press
एमाले महाधिवेशन

मनोनयन दर्ताका लागि समय थपियो, १० बजेसम्म उम्मेदवारी दर्ता गर्न पाइने

चितवन । एमालेको जारी महाधिवेशनअन्तरगत नयाँ नेतृत्व चयनका लागि मनोनयन दर्ताका लागि आधा घण्टा समय थपिएको छ । साढे नौ बजेसम्मका लागि तोकिएको समय बढाएर १० बजेसम्म पुर्याइएको छ ।

आकांक्षीले मनोनयन गर्दा गर्न नभ्याउने भएपछि समय थपिएको हो । अहिलेसम्म अध्यक्षमा भीम रावलको उम्मेदवारी परेको छ । त्यस्तै उपाध्यक्षमा विष्णु पौडेल, रामबहादुर थापा बादल, युवराज ज्ञवाली, अष्टलक्ष्मी शाक्य र घनश्याम भुसालको उम्मेदवारी परेको छ । भुसाल ओलीले घोषणा गरेको सूचीमा नपरेका उम्मेदवार हुन् ।

त्यस्तै ओलीले घोषणा गरेको पदाधिकारी सूचीमा नपरेका भीम आचार्यले पनि सचिवमा उम्मेदवारी दिएका छन् ।

अरु पदाधिकारी र सदस्यहरुका लागि उम्मेदवारी दर्ता भइरहेको छ ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर