एमालेमा सहमतिको सूची तयार, रावल र भुसालले अश्वीकार गरे उम्मेदवार बन्न दिइने – Nepal Press

एमालेमा सहमतिको सूची तयार, रावल र भुसालले अश्वीकार गरे उम्मेदवार बन्न दिइने

काठमाडौं । नेकपा एमालेको महासचिवमा शंकर पोखरेलको नाम अघि सारिएको छ । अध्यक्ष मण्डलको बैठक बस्नुअघि शीर्ष नेताहरुसँगको छलफलमा अध्यक्ष केपी शर्मा ओलीले पोखरेललाई महासचिवमा प्रस्ताव गरेको स्रोतले जनाएको छ ।

महासचिवका प्रमुख दाबेदार विष्णु पौडेललाई सहमत गराएरै ओलीले पोखरेललाई महासचिवमा प्रस्ताव गर्न लागेको एमाले स्रोतले जनाएको छ । नेकपामै महासचिव भइसकेका पौडेल ईश्वर पोखरेलपछिको बरियतामा उपाध्यक्ष प्रस्तावित भएका छन् ।

पोखरेल बरिष्ठ उपाध्यक्ष हुँदा भीम रावल, सुवास नेम्वाङ, रामवहादुर थापा बादल, सुरेन्द्र पाण्डे, अष्टलक्ष्मी शाक्य उपाध्यक्ष प्रस्तावित भएको बताइएको छ ।

शंकर पोखरेल महासचिव हुँदा उपमहासचिवमा घनश्याम भुसाल, प्रदीप ज्ञवाली र पृथ्वीसुब्बा गुरुङको सम्भावना छ । पदाधिकारी र केन्द्रीय कमिटी सदस्यको सूची अध्यक्ष ओलीले बन्दसत्रमा पेश गर्नेछन् ।

उपाध्यक्षमा प्रस्तावित भीम रावल र उपमहासचिवमै प्रस्तावित घनश्याम भुसालले चुनाव माग गरिरहेका छन् । यदि उनीहरुले बन्दसत्रमा प्रस्तुत नाममा असहमति जनाएर चुनाव चाहेमा सोही पदमा मात्र चुनाव हुने एमाले स्रोतले जनाएको छ ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर