कोलम्बियालाई हराएपछि ब्राजिल ६ खेल अगावै विश्वकपमा छनोट – Nepal Press

कोलम्बियालाई हराएपछि ब्राजिल ६ खेल अगावै विश्वकपमा छनोट

एजेन्सी । कतारमा अर्को वर्ष हुने फिफा विश्वकप फुटबलमा छनोट हुने ब्राजिल दक्षिण अमेरिकाको पहिलो देश बनेको छ ।

विश्वकप दक्षिण अमेरिकी छनोट अन्तर्गत आज विहान भएको खेलमा कोलम्बियामाथि १–० को जितका साथ ब्राजिलले ६ खेल अगावै कतार विश्वकप निश्चित गरेको हो ।

विश्वकपको दक्षिण अमेरिकी छनोटमा १० टोली सहभागी छन् । राउण्ड रोविन प्रणालीमा होम एण्ड अवे प्रतिस्पर्धाअन्तर्गत सबैले १८ खेल खेल्नेछन् । छनोटमा अपराजित ब्राजिल १२ खेलबाट ३४ अंकका साथ छनोट भएको हो ।

दक्षिण अमेरिकाबाट ४ टोलीले सिधै विश्वकप खेल्नेछन् भने पाँचौं स्थानमा रहनेले अन्तरमहादेशीय प्लेअफ खेल्नेछ ।

छनोट प्रतियोगितामा लगातार चौथो खेलसम्म जित निकाल्न असफल कोलम्बियामाथिको जितमा ब्राजिलका लुकास पाक्वेटाले निर्णायक गोल गरेका थिए । ७२औं मिनेटमा उनले नेइमारको पासमा गोल गरेका थिए ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *