युरोपा लिगमा रोमाको फराकिलो हार, जोसे माउरिन्होको करिअरकै खराव नतिजा – Nepal Press

युरोपा लिगमा रोमाको फराकिलो हार, जोसे माउरिन्होको करिअरकै खराव नतिजा

एजेन्सी । युरोपा लिग अन्तर्गत टोटनह्यामले नेदरल्याण्ड्सको भिटेसेसँग अप्रत्यासित हार ब्यहोरेकै दिन टोटनह्यामकै पूर्व प्रशिक्षकले संहालेको इटलियन टोली रोमाले झनै खराव नतिजा स्वीकार्न बाध्य भएको छ ।

रोमाले बोदो ग्लिम्टसँग ६–१ गोलअन्तरको पराजय ब्यहोरेको हो । यो नतिजा पोर्चुगिज जोसे माउरिन्होका लागि प्रशिक्षण करिअरकै सबैभन्दा फराकिलो अन्तरको हार हो । र, अप्रत्यासित पनि ।

पहिलो हाफमा रोमा २–१ ले पछाडि थियो । नर्वेजियन लिग च्याम्पियन बोदोका लागि एरिक बोथेइम र प्याट्रिक बर्गले गोल गर्दा रोमाका कार्लेस पेरेजले १ गोल फर्काए्रका थिए ।

दोस्रो हाफमा मारिउन्होले तीन परिवर्तन गरे भने १ घण्टाको समयपछि थप २ खेलाडी परिवर्तन गरे । तर बोथेइमले क्लोज रेन्जबाट ट्याप गरी बोदोका लागि तेस्रो गोल गरे । ओला सोल्बाक्केनले चौथो, अमाल पेलेग्रिनोले पाँचौं र छैटौं गोल सोल्बाक्केनले नै गरे ।

सन् २०१० मा रियल मड्रिडले बार्सिलोनासँग ५–० गोलअन्तरको पराजित व्यहोरेको थियो । जोसे माउरिन्होको १ हजार ८ खेलको करिअरमा त्यो नै अहिलेसम्मको ठूलो अन्तरको हार थियो । त्यसलाई यो खेलले माथ दिएको छ ।

‘यो टोलीलाई खेलाउने निर्णय म आफैंले गरेको थिएँ । त्यसैले यो हारको जिम्मेबारी म लिन्छु,’ माउरिन्होले स्काई स्पोर्टससँग भनेका छन्, ‘मैले राम्रै सोचेर यो टिमलाई उटारेको थिएँ । सिन्थेटिक ट्र्याक र चीसो मौसमसँग सहज होस भनेर मैले टिम परिवर्तन गरेको हो ।’


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर