मन्त्रालय बाँडफाँटबारे नेकपा एसमा असन्तुष्टी, गठबन्धनमा पुनः छलफल गर्ने (भिडिओ) – Nepal Press

मन्त्रालय बाँडफाँटबारे नेकपा एसमा असन्तुष्टी, गठबन्धनमा पुनः छलफल गर्ने (भिडिओ)

काठमाडौं । नेकपा एकीकृत समाजवादीले मन्त्रालय बाँडफाँडबारे सत्तारुढ गठबन्धनमा पुनः छलफल गर्ने भएको छ । यसअघि भएको सहमतिमा पार्टीभित्रै असन्तुष्टी देखिएपछि मन्त्रालयको संख्या र भागबण्डाका बारेमा गठबन्धनमै पुनः छलफल गर्न निष्कर्षमा नेकपा एस पुगेको हो ।

आज बसेको नेकपा एसको स्थायी कमिटी बैठकले मन्त्रालय संख्या, बाँडफाँट र मन्त्रीको नामबारे निर्णय लिने जिम्मा अध्यक्ष माधवकुमार नेपाललाई दिएको छ ।

सोही जिम्मेवारी लिएर अध्यक्ष नेपाल बालुवाटार पुगेका छन् । बालुवाटारमा सत्तारुढ गठबन्धनका शीर्ष नेताहरूको बैठक बस्दैछ ।

‘मन्त्रालय बाँडफाँटबारे यसअघि भएको सहमतिले अन्तिम रूप पाइसकेको छैन । त्यसबारे थप निर्णय गर्ने जिम्मा अध्यक्षलाई दिएका छौं । सरकारमा सम्मानजनक सहभागि हुनुपर्छ भन्ने त हामी सबैको समान धारणा छदैछ’, नेकपा एसका नेता विरोध खतिवडाले पत्रकारहरूसँग भने । उनले सरकारमा सहभागी नहुने भन्ने विषय पार्टीमा प्रवेशै नगरेको बताए ।

 


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर