डा. गोविन्द केसीलाई सर्वोच्चले भन्यो- अबदेखि सभ्य भाषा बोल्नू – Nepal Press

डा. गोविन्द केसीलाई सर्वोच्चले भन्यो- अबदेखि सभ्य भाषा बोल्नू

काठमाडौं । चिकित्सा शिक्षा क्षेत्रका अभियन्ता डा. गोविन्द केसीको अदालतप्रतिको अभिव्यक्ति अशोभनीय र अराजक रहेको ठहर सर्वोच्च अदालतले गरेको छ ।

तत्कालीन प्रधानन्यायाधीश गोपाल पराजुलीमाथि लक्षित केसीका अभिव्यक्तिले अदालतको मानहानी भएको भन्दै परेको रिटमा सुनुवाइ गर्दै सर्वोच्चले भविष्यमा उनी शिष्ठता र मर्यादापूर्वक बोल्ने अपेक्षा गरेको छ ।

न्यायाधीशहरू दीपककुमार कार्की, मीरा खड्का, हरिकृष्ण कार्की, विश्वम्भरप्रसाद श्रेष्ठ, ईश्वर खतिवडा, आनन्दमोहन भट्टराई र प्रकाशमानसिंह राउत रहेको बृहत पूर्णइजलासले केसीका अभिव्यक्ति अशोभनीय भए पनि मानहानी गरेको ठहर्‍याउन नसकिने भन्दै सफाइ दिएको हो ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर