नेपाली श्रमिकको चार्टर्ड फ्लाइटमा कालोबजारी गर्नेलाई जनसेवाश्री पदक – Nepal Press

नेपाली श्रमिकको चार्टर्ड फ्लाइटमा कालोबजारी गर्नेलाई जनसेवाश्री पदक

काठमाडौं । महामारीका बेला चार्टर्ड फ्लाइटमा नेपाली श्रमिकबाट दोब्बरभन्दा बढी भाडा असुल गरेर कालोबजारी गरेको अभियोग लागेका ट्राभल एजेन्सी सञ्चालकलाई सरकारले यसपटक जनसेवाश्री पदकबाट विभूषित गरेको खुलेको छ ।

सिलिङ ट्राभल्सका सञ्चालक राजु ढकालले जनसेवाश्री पदक पाएपछि पर्यटन मन्त्रालयका अधिकारीहरू समेत अचम्मित भएका छन् । उनले कताबाट पहुँच लगाएर सो पदक लिए भन्नेबारे पनि खोजी भइरहेको मन्त्रालयका एक उच्च अधिकारीले बताए ।

ढकालसहितले चार्टर्ड फ्लाइटमा कालोबजारी गरेको तथा सरकारी निकायका टिकटमा अनियमितता गरेको आरोप छ । चार्टर्ड फ्लाइटमा भएको अनियमितताको छानविन गर्न गठित समितिले समेत उनको ट्राभल्सबाट कालोबजारी भएको प्रतिवेदन दिएको थियो ।

परराष्ट्र मन्त्रालयको टिकट समेत सिलिङ ट्राभलबाटै काटिने गरेको छ । टिकटमा भ्रष्टाचारको मुद्दा समेत चलिरहेका बेला ढकालले पदक पाएपछि मन्त्रालयका उच्च अधिकारीहरूले आश्चर्य व्यक्त गरेका छन् ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *