अनुगमन गर्न गएका मेयर कुटिएको क्षेत्रमा फेरि पहिरो, दुई दर्जन घरमा क्षति(तस्बिरहरु) – Nepal Press

अनुगमन गर्न गएका मेयर कुटिएको क्षेत्रमा फेरि पहिरो, दुई दर्जन घरमा क्षति(तस्बिरहरु)

रूपन्देही । पहिरो अनुगमनका लागि गएका बुटवल उपमहानगरका मेयर शिवराज सुवेदी कुटिएको लक्ष्मी नगर र ज्योतिनगर क्षेत्रमा फेरि पहिरो खसेको छ । सोमबार खसेको पहिरोका कारण यस क्षेत्रका करिब दुई दर्जन घरमा क्षति पुगेको छ ।

भदौमा अविरल वर्षापछि खसेको पहिरोका कारण यहाँका १० घर पुरिएका थिए भने दुई दर्जन परिवार विस्थापित भएका छन् ।

आइतबार रातिदेखिको लगातार वर्षाका कारण चुरेबाट पहिरो खसेको हो । स्थानीयले प्रभावित क्षेत्रमा सरकारले नहेरेको भन्दै आक्रोश पोख्दै आएका थिए।

आक्रोशित स्थानीय गणेश पंगेनीले सो क्षेत्रमा अवलोकन गर्न पुगेका बुटवल उपमहानगरप्रमुख शिवराज सुवेदीमाथि आज हातपात गरेका थिए।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *