चिनियाँ कम्युनिष्ट पार्टीको महाधिवेशन नोभेम्बरमा, नेतृत्व परिवर्तन र पार्टीको उपलब्धी पोलिटब्यूरोका एजेन्डा – Nepal Press

चिनियाँ कम्युनिष्ट पार्टीको महाधिवेशन नोभेम्बरमा, नेतृत्व परिवर्तन र पार्टीको उपलब्धी पोलिटब्यूरोका एजेन्डा

बेइजिङ । चिनियाँ कम्युनिष्ट पार्टीको १९औँ महाधिवेशनअन्तर्गत केन्द्रीय कमिटी (पोलिटब्यूरो)को छैटौँ प्रारम्भिक बैठक आगामी नोभेम्बरमा राजधानी बेइजिङमा हुने भएको छ । आउने वर्ष हुने पार्टीको महाधिवेशनबाट नेतृत्व परिवर्तन हुने अपेक्षा गरिएको छ ।

पार्टीको केन्द्रीय राजनीति विभागको मङ्गलाबारको बैठकले छैटौँ प्रारम्भिक बैठक आगामी नोभेम्बरमा आयोजना गर्ने निर्णय गरेको हो । पार्टीका महासचिव सी चीनफिङले केन्द्रीय राजनीति विभागको बैठकको अध्यक्षता गरेका थिए ।

बैठकमा सार्वजनिक गरिएको कार्यसूचीअनुसार केन्द्रीय राजनीति विभागले छैटौँ प्रारम्भिक बैठकमा आफ्नो प्रतिवेदन प्रस्तुत गर्नेछ । बितेका सय वर्षमा पार्टीले हासिल गरेका प्रमुख उपलब्धिको समीक्षा प्रतिवेदनमा हुनेछ ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर