सभामुख सापकोटालाई ओलीको चेतावनी- माओवादी कार्यकर्ता नै बन्ने भए पद छोडिदिनुस् – Nepal Press

सभामुख सापकोटालाई ओलीको चेतावनी- माओवादी कार्यकर्ता नै बन्ने भए पद छोडिदिनुस्

काठमाडौं । पूर्वप्रधानमन्त्री तथा एमाले अध्यक्ष केपी शर्मा ओलीले आफ्नो पार्टीले कारवाही गरेका १४ जनालाई निस्कासन गरेको सूचना नटाँसेको भन्दै सभामुख अग्नी सापकोटाविरुद्ध आक्रोश पोखेका छन् । सभामुखको रूपमा निष्पक्ष भूमिका निर्वाह गर्न नसके पद छोड्न उनले चेतावनी दिए ।

आज एक भिडियो अन्तर्वार्तामा ओलीले सभामुख माओवादीको कार्यकर्ताका रूपमा प्रस्तुत भएको आरोपसमेत लगाएका छन् ।

उनले भने, ‘हिजो टोपबहादुर रायमाझीहरूलाई पुष्पकमल दाहालले निष्कासन गर्दा तत्काल संसदमा सुनाउनुभएको थियो । अहिले तीन दिनदेखि के हेरेर बसिरहनुभएको छ ? एमालेले आफ्ना सांसदहरू हटाएको सूचना किन टाँस्नुहुन्न ?’

पार्टीले कारवाही गरेपछि २४ घन्टाभित्रै सभामुखले सूचना टाँस्नुपर्ने परम्परा रहेको ओलीले बताए । सभामुखले न्यायाधीशले जस्तो छानविन र फैसला गर्नु नपर्ने उनको भनाइ छ ।

‘कागजपत्र झिकाउँछु, हेर्छु भनेको सुनियो । सभामुख न्यायाधीश हो र ? सभामुखले छानविन, फैसला हेर्ने होइन नि । निष्कासन गरेको सूचना टाँसिदिने हो । सदन चलेको भए संसदमा सुनाउने, होइन भने सूचना टाँस गर्ने काम हो । सभामुख न्यायाधीश पल्टिने हो ? माओवादी कार्यकर्ता भएर एमालेविरुद्ध काम गर्ने हो ? एमाले फुटाउने षड्यन्त्रमा सामेल हुने हो ? केलाई पर्खिरहनुभएको छ उहाँ ?’ उनले प्रश्न गरे ।

‘उहाँले ठान्नुभएको होला उहाँले नसुनाएसम्म पद कायम रहन्छ । अग्नी सापकोटाजीलाई म सोध्न चाहन्छु संसद चलाउनु छ कि छैन ? सभामुख हुनु छ कि छैन ? पार्टी कार्यकर्ता भएर सभामुख बन्न सकिन्न । होइन भने छोडिदिए हुन्छ । निष्पक्ष बन्नु छैन भने सभामुख छोडिदिनुस् । कार्यकर्ता भइरहने हो भने सभामुख हुन सकिँदैन । उहाँले रोज्नुपर्छ ।’

सभामुख सापकोटाले अटेरी, जिद्दी, असंसदीय खालका क्रियाकलाप बारम्बार देखाएको ओलीले बताए ।


प्रतिक्रिया

2 thoughts on “सभामुख सापकोटालाई ओलीको चेतावनी- माओवादी कार्यकर्ता नै बन्ने भए पद छोडिदिनुस्

  1. नेपालको संसदीय व्यवस्थाको सभामुख मध्ये कै सबैभन्दा नालायक, अयोग्य, अमर्यादित तुच्च गैर राजनीतिक व्यवहार र चरित्र भएको व्यक्ति हुन अग्नी प्रसाद सापकोटा । यीनले विगतको सबै परम्परा उलंघन गरेकाछन् ।सभामुख भएपछि राजनीतिक पार्टीको जिम्मेवारीबाट राजीनामा दिएर संवैधानिक जिम्मेवारी निर्वाह गर्न पर्नेमा प्रचण्डको इसारा हेरेर काम गर्ने गरेकाछन् । चाहे संवैधानिक परिषद्को बैठकमा अनुपस्थित हुने कुरा होस वा संसदमा पेश गर्ने एजेण्डाको बिषय होस् प्रचण्डको इसारा नभए सबै रोक्ने गरेको कुरा लुकेको छैन । अनि अहिले किन टाँस गर्थे सूचना ।
    लाछि र निर्लज्ज सभामुख ।

  2. punish him . he make a big crime because he does not have right to watch their real paper about are they really kick out from party or not.
    he should resign from that post if he can not do as kp say on media. kp is great if he say ok then do . if he say do not do then don’t do that.
    he say pass mcc without editing then why do you stop it
    kp dismiss parliament then why do you reinstall it.
    he does not want to read president oath program sentence properly then that time also your team criticise . etc
    you are a real criminal सभामुख

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर