कपिलवस्तुमा दुई दिनमा १५५ फरार अभियुक्त पक्राउ – Nepal Press

कपिलवस्तुमा दुई दिनमा १५५ फरार अभियुक्त पक्राउ

रुपन्देही । कपिलवस्तु प्रहरीले मंगलबार र बुधबार गरी १५५ जना फरार अभियुक्त पक्राउ गरेको छ । मंगलबार ८१ जना फरार अभियुक्तलाई पक्राउ गरेको प्रहरीले बुधबार पनि थप ७४ जनालाई पक्राउ गर्न सफल भएको जनाएको छ ।

फरार प्रतिवादी विरुद्धको अप्रेशन कार्यक्रम अन्तरगत जिल्लाभर विभिन्न अपराधमा संलग्न भई फरार रहेका ७४ जना फरार अपराधीलाई एक दिनमै पक्राउ गर्न सफल भएको प्रहरी उपरीक्षक दानबहादुर कार्कीले जानकारी दिए ।

बुधवार पक्राउ परेका अभियुक्तहरुमा विभिन्न मितीमा लागुऔषध, जवरजस्ति करणि, चोरी, भवितव्य ज्यान, कुटपिट, सवारी ज्यान, जुवा लगायतका कसुरमा संलग्न भई जिल्ला अदालतले कैद फैसला गरी फरार रहेका छन् ।

बुधबार पक्राउ गरिएकोमा २०६७ साल मंसिर ७ गते जबरजस्ती करणी मुद्दामा ५ वर्ष कैद फैसला भई फरार रहेका वाणगंगा नगरपालिका कोपवाका गोविन्द बहादुर मगर पनि रहेका छन् ।

त्यस्तै चोरी मुद्धाका दुई, जवरजस्ती करणीका २ जना, सवारी ज्यान ६ जना, लागू औषधका ४ जना, भवितव्य ज्यान सम्बन्धि १ जना, जालसाजि १६ जना, कुटपिट २६ जना, सार्वजनिक अपराध १० जना, गालि बेइज्जती ४ जना, अंसबण्डा मुद्दा २ जना र बन पैदवार मुद्दाका १ जना गरी ७४ जनालाई पक्राउ गरिएको कार्कीले बताए ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *