साउने साेमबारकाे संयाेग, सप्तरीकाे शिव मन्दिरमा भीमकाय नाग – Nepal Press

साउने साेमबारकाे संयाेग, सप्तरीकाे शिव मन्दिरमा भीमकाय नाग

जनकपुरधाम । सप्तरीको रुपनी गाउँपालिका-४ भथौलस्थित  श्याम मडरको घरमा विशाल नाग (सर्प) निस्केपछि पूजापाठ गर्नेहरुको भीड लाग्न थालेको छ ।

कुलदेवता (गोसाइ) घरमा नाग निस्केको हो । घरबाट बाहिर निकालेर सर्पलाई शिव मन्दिरमा राखिएको छ । अहिले उद्धारको प्रयास भइरहेको बताइएको छ ।

गर्मीका कारण विशालु सर्प निस्केको हुनसक्छ । तर आज साउन महिनाको पहिलो सोमवार भएकाले भगवान शिवले नागस्वरुपकाे दर्शन दिएको स्थानीय बताउँछन् ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर