कपिलवस्तुमा विप्लवका आठजना कार्यकर्ता पक्राउ – Nepal Press

कपिलवस्तुमा विप्लवका आठजना कार्यकर्ता पक्राउ

रुपन्देही । कपिलवस्तुमा विप्लव नेतृत्वको नेपाल कम्युनिस्ट पार्टीका ८ जना नेता कार्यकर्ता पक्राउ परेका छन् । सार्वजनिक यातायातको भाडामा भएको वृद्धिको विरोधमा आयोजित कार्यक्रम स्थलबाट उनीहरु पक्राउ परेका हुन् ।

भाडा वृद्धिको विरोधमा युवा संगठन नेपालको केन्द्रिय कार्यक्रम अन्तर्गत युवा संगठन नेपाल कपिलवस्तुले शनिबार आयोजना गरेको भाडा दर अनुगमन तथा सचेतना कार्यक्रमअन्तर्गत कपिलवस्तुको पिपरामा भएको कार्यक्रमस्थलबाट उनीहरु पक्राउ परेका हुन् ।

पक्राउ पर्नेमा युवा संगठन कपिलवस्तुका जिल्ला अध्यक्ष बादल, अखिल क्रान्तिकारीका कपिलवस्तु जिल्ला अध्यक्ष बिष्णुबहादुर राउत, अर्घाखाँची अध्यक्ष नवीन खड्का लगायतका जिल्लास्तरका नेता कार्यकर्ता छन् ।

कार्यक्रमस्थलमा प्रहरीले घेरा हालेपछि केही समयमा नियन्त्रणमा लिएको थियोे । नियन्त्रणमा रहेका नेता कार्यकर्तालाई पिपरा प्रहरी चौकीमा राखिएको सो पार्टीले जनाएको छ ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर