ज्वाला संग्रौलालगायत तीन जना रिहा – Nepal Press

ज्वाला संग्रौलालगायत तीन जना रिहा

काठमाडौं । प्रहरी हिरासतभित्र कुटपिट गरेको आरोपमा पक्राउ परेकी ‘अभियन्ता’ ज्वाला संग्रौलालगायत तीनजना रिहा भएका छन् । रिहा हुनेमा हिमाल उपाध्याय र शर्मिला वाइवा रहेका छन् ।

परीसर प्रमुख एसएसपी अशोक सिंहका अनुसार ज्वाला र शर्मिला साधारण तारेखमा छुटेका हुन् भने हिमाल उपाध्याय १ लाख धरौटीमा छुटेका हुन् ।

केही दिनअघि युवासंघकी नेतृ खुस्बु घिमिरेमाथि ज्वालाको समूहले प्रहरी कार्यालभित्रै आक्रमण गरेको थियो । घिमिरेले महानगरीय प्रहरी परिसर टेकुमा दिएको जाहेरीका आधारमा प्रहरीले उनीहरुलाई असार ६ गते पक्राउ गरेको थियो ।

 


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर