विदेशबाट फर्केकाहरुलाई संगठित गर्न एमाले बैठकमा ‘रिटर्नी फेडरेशन’को प्रस्ताव – Nepal Press

विदेशबाट फर्केकाहरुलाई संगठित गर्न एमाले बैठकमा ‘रिटर्नी फेडरेशन’को प्रस्ताव

काठमाडौं । नेकपा एमालेले विदेशबाट फर्केर आएकाहरुलाई संगठित गर्न जनवर्गीय संगठन निर्माण गर्ने भएको छ । वैदेशिक रोजगारी तथा लामो समय विदेशमा बसेर फर्केहरुलाई संगठित गर्नका लागि यस्तो जनसंगठन निर्माणका लागि लिखित प्रस्ताव पेश भएको छ ।

शनिबार बसेको एमाले केन्द्रीय कमिटी बैठकमा केन्द्रीय सदस्य माधव ढुंगेलले सो प्रस्ताव पेश गर्दै संगठनको लिखित अवधारणा अध्यक्ष केपी शर्मा ओलीलाई बुझाएका छन् । ‘रिटर्नी फेडरेशन नेपाल’ नाम प्रस्ताव गरी यसको विधान तथा अन्य विषय समेटिएको छ ।

विदेशबाट फर्किएका एमाले समर्थक तथा सदस्यहरु अहिले सातै प्रदेशमा संगठित भइरहेको र उनीहरुलाई पार्टीले औपचारिक रुपमा जनवर्गीय संगठनभित्र समेटेर लैजानुपर्ने ढुंगेलले बताए ।

विदेशबाट फर्किएकाहरुलाई पार्टीको एउटै संरचनाभित्रबाट संगठित गर्दा उनीहरुको आफ्नो संगठन पनि हुने र विदेशमा सिकेको सीप र क्षमतालाई पार्टीले प्रयोग गर्न सक्ने भएकाले बेग्लै जनसंगठन बनाउन प्रस्ताव गरिएको हो ।
राष्ट्रिय युवा परिषदका उपाध्यक्ष समेत रहेका ढुंगेलले विदेशबाट फर्केकाहरुलाई उद्यमशीलतामूलक कार्यमा सहयोग समेत गरिरहेका छन् ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर