ओलीको घोषणा- देउवालाई दिएको समर्थन दुई दिनभित्र फिर्ता नलिए पार्टी एकता हुन्न – Nepal Press

ओलीको घोषणा- देउवालाई दिएको समर्थन दुई दिनभित्र फिर्ता नलिए पार्टी एकता हुन्न

काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले दुई दिनभित्र शेरबहादुर देउवालाई प्रधानमन्त्री बनाउन गरेको हस्ताक्षर माधव पक्षले फिर्ता नलिए पार्टी एकता नहुने प्रष्ट पारेका छन् ।

केन्द्रीय कमिटी बैठकलाई सम्बोधन गर्दै अध्यक्ष ओलीले कांग्रेस सभापति देउवालाई प्रधानमन्त्री बनाउन एमालेका सांसदले हस्ताक्षर गर्ने कुरा कुनै हालतमा स्वीकार्य नहुने बताए ।

ओलीले भने, ‘यदि सोमवार साँझ ५ बजेसम्म हस्ताक्षर फिर्ता भएन भने पार्टी एकता हुन्न । कांग्रेसको नेतालाई प्रधानमन्त्री बनाउन एमालेका सदस्यलाई छुट छैन । यो कुरा किमार्थ स्वीकार्य छैन । त्यसो गर्नु भनेको पार्टी फुटको घोषणा हो ।’


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर