ज्वाला संग्रौलासहित तीनजना प्रहरी हिरासतमा – Nepal Press

ज्वाला संग्रौलासहित तीनजना प्रहरी हिरासतमा

काठमाडौं । प्रहरीले ज्वाला संग्रौलासहित तीनजनालाई पक्राउ गरी हिरासतमा लिएको छ । युवा संघकी केन्द्रीय सदस्य खुस्बु घिमिरेले दिएको जाहेरीका आधारमा उनीहरुलाई महानगरीय प्रहरी परिसर टेकुले हिरासतमा लिएर अनुसन्धान थालेको हो ।

पक्राउ पर्नेमा आफूलाई अभियन्ता बताउने ज्वाला संग्रौला, हिमाल उपाध्याय र शर्मिला वाइवा रहेका छन् । महानगरीय प्रहरी परिसर टेकुका एसपी रमेश बस्नेतले तीनजनालाई नियन्त्रणमा लिइ मुद्दा चलाउने तयारी गरिएको बताए । उनीहरुमाथि कुटपिट, अभद्र व्यवहार तथा प्रहरीमाथि समेत हातपात गरेको अभियोग छ ।

खुस्बुमाथि गत जेठ १६ गते गौशला प्रहरी वृत्तको हिरासतमा ज्वालाको समूहले आक्रमण गरेको थियो । त्यसविरुद्ध खुस्बुले टेकु प्रहरी परीसरमा उजुरी गरेकी थिइन् । प्रहरीले आज खुस्बु र ज्वालाको समूहलाई छलफलका लागि बोलाएको थियो । त्यही क्रममा प्रहरीले तीनजनालाई हिरासतमा लिएको हो ।

यो पनि पढ्नुस् 

ज्वाला संग्रौलाको अर्को काण्ड : प्रहरी हिरासतमै युवा नेतृमाथि हमला ! (भिडियो)

कानूनी राजमा ‘सामाजिक अभियन्ता’को गैरकानूनी हस्तक्षेप


प्रतिक्रिया

2 thoughts on “ज्वाला संग्रौलासहित तीनजना प्रहरी हिरासतमा

  1. प्रहरीले पक्राउ गरेको हैन योत उहाँ महारानीहरु आफै उम्लीएर पोखीनुभाको हो ।
    सबक सिकाउन जरुरी छ यस्ता मैमतुवाहरुलाई नेपाल प्रहरी स्याबास ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर