निषेधाज्ञा उल्लंघन गर्ने १,७८४ सवारी साधन प्रहरीको नियन्त्रणमा – Nepal Press

निषेधाज्ञा उल्लंघन गर्ने १,७८४ सवारी साधन प्रहरीको नियन्त्रणमा

काठमाडौं । विभिन्न जिल्लामा लागू गरिएको निषेधाज्ञा कार्यान्वयनको सिलसिलामा पछिल्लो २४ घण्टामा निषेधाज्ञा उल्लंघन गर्ने १ हजार ७ सय ८४ वटा सवारी साधनलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।

तीमध्ये ४ सय ५८ वटा गाडी र १ हजार ३ सय २६ वटा मोटरसाइकल छन् । नयाँ भेरियन्टसहितको कोभिड-१९ संक्रमणको रोकथाम तथा जोखिम न्यूनीकरणका लागि प्रहरीद्वारा संचालित ‘तपाईंको मास्क खोई ?’ कार्यक्रम अन्तर्गत पछिल्लो २४ घण्टामा २ सय २ जनालाई निस्शुल्क मास्क वितरण गरिएको छ ।

कार्यक्रमअन्तर्गत हालसम्म जम्मा ४ लाख ५५ हजार ४ सय ९ जनालाई निःशुल्क मास्क वितरण गरिएको छ । कोभिड-१९ रोकथाम तथा नियन्त्रणका लागि स्थानीय प्रशासनद्वारा जारी गरिएको निषेधाज्ञा उल्लंघन गर्ने ५ सय ४ जनालाई कोभिड-१९ सङ्कट व्यवस्थापन अध्यादेश, २०७८ बमोजिम जम्मा ५७ हजार १ सय रुपैयाँ जरिवाना गरिएको छ ।

सो क्रममा ४ हजार ८ सय ६ जनालाई रोकी सम्झाई बुझाई छाडिएको छ । साथै देशभर सञ्चालित ५५ वटा माईकिङ, प्लेकार्ड, पर्चापम्प्लेट सहितको सचेतनामूलक कार्यक्रम अन्तर्गत ३ हजार ९ सय १४ जनालाई सचेत गराइएको छ ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *