निषेधाज्ञाभर मुद्दती खाता नवीकरण इमेलबाटै हुने – Nepal Press

निषेधाज्ञाभर मुद्दती खाता नवीकरण इमेलबाटै हुने

काठमाडौं । वाणिज्य बैंकहरूको छाता संगठन नेपाल बैंकर्स संघले निषेधाज्ञाभर इमेलबाटै मुद्दती खाता नवीकरण गर्न सकिने जनाएको छ। इमेल गर्न नसकेको ग्राहकहरूले निषेधाज्ञा हटेको ७ दिनभित्र नवीकरण गर्न सकिने व्यवस्था गरिएको छ ।

निषेधाज्ञामा परिपक्व भएका मुद्दती खाता निषेधाज्ञा हटेपछि पनि परिपक्व भएकै मितिलाई आधार गणना गरेर नवीकरण गर्न सकिने छ ।

कोरोना संक्रमणको जोखिमलाई ध्यान दिएर बैंकर्स संघले मोबाइल तथा इन्टरनेट बैंकिङ्ग मार्फत कारोबार गर्न आग्रह गरेको छ । मोवाइल बैंकिङमार्फत एक खाताबाट अर्कोमा रकम स्थानान्तरण, खाताको व्यालेन्स हेर्ने, विभिन्न बिल भुक्तानी लगायतका कार्य गर्न सकिन्छ ।

सामान खरिद गर्दा उपलब्ध भएसम्मका कार्डको प्रयोग तथा क्यू आर कोड मार्फत भुक्तानी गरी नगद प्रयोग कम गर्न आग्रह गरिएको छ ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर