काेराेनाबाट कांग्रेस नेतृकाे निधन – Nepal Press

काेराेनाबाट कांग्रेस नेतृकाे निधन

बाँके। नेपाली कांग्रेसकी नेतृ एवं संविधानसभा सदस्य मोहम्मदी सिद्धिकीको कोरोना संक्रमणबाट निधन भएको छ ।

७२ वर्षीया सिद्धिकीको भेरी अस्पतालमा उपचारका क्रममा निधन भएको हो ।

कोरोनाबाट थलिएर डेढसाता देखि उपचाररत् अधिकारकर्मी समेत रहेकी सिद्दिकीको केहीबेर अघि भेरी अस्पतालको कोरोना वार्डमा निधन भएको अस्पताल प्रमुख डा. प्रकाश थापाले पुष्टि गरेका छन् ।

उनी फतिमा फाउन्डेसनकी अध्यक्ष समेत रहेकी थिइन् । बाँकेमा पछिल्लो २४ घण्टामा मात्रै कोरोनाका कारण ७ जनाको मृत्युु भएको छ ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर