बढुवा भएका ३१ जना प्रहरी अधिकृतलाई दर्ज्यानी चिन्ह प्रदान – Nepal Press

बढुवा भएका ३१ जना प्रहरी अधिकृतलाई दर्ज्यानी चिन्ह प्रदान

काठमाडौं । नेपाल प्रहरीका जनपद तथा प्राविधिक तर्फ बढुवा भएका प्रहरी अधिकृतलाई दज्र्यानी चिन्ह प्रदान गरिएको छ ।

प्रहरी महानिरीक्षक (आइजीपी) शैलेश थापाले प्रहरी प्रधान कार्यालयमा आयोजित एक कार्यक्रममा उनिहरुलाई दर्ज्यानी चिन्ह प्रदान गरेका हुन् ।

दर्ज्यानी चिन्ह प्राप्त गर्नेमा प्रहरी नायव उपरीक्षकबाट प्रहरी उपरीक्षक पदमा १५ जना, प्राविधिक प्रहरी नायव उपरीक्षकबाट प्राविधिक प्रहरी उपरीक्षक पदमा १ जना र प्राविधिक प्रहरी निरीक्षकबाट प्राविधिक प्रहरी नायव उपरीक्षक पदमा १५ जना गरी ३१ जना प्रहरी अधिकृत रहेका छन् ।

प्रहरी नायव उपरीक्षकबाट प्रहरी उपरीक्षक पदमा पदोन्नति भएका एक जना हाल सुडान डार्फरस्थित एफपियु मिसनमा कार्यरत रहेका छन् ।

दज्र्यानी चिन्ह प्रदान गर्दै प्रहरी महानिरीक्षक थापाले बढुवा भएका प्रहरी अधिकृतलाई पदोन्नतिसँगै प्राप्त नयाँ जिम्मेवारीलाई मनन गर्दै थप सजगता र सतर्कता अपनाउदै कार्य सम्पादन गर्न निर्देशन दिएका छन् ।

नेपाल सरकारद्वारा घोषित निर्वाचनप्रति संवेदनशील भई सुरक्षालाई थप मजबुत बनाउनतर्फ केन्द्रित हुनुपर्नेमा पनि उनले जोड दिए ।

नागरिकसँगको सहकार्यमा प्रहरीले असल भावका साथ कार्य सम्पादन गर्नुपर्ने चर्चा गर्दै प्रहरी महानिरीक्षक थापाले आचरण एवम् व्यवहारमा प्रहरी सदैव संवेदनशील हुनुपर्ने बताए ।

संगठनले अंगिकार गरेको नीति तथा प्रणालीप्रति सबै प्रहरी कर्मचारी पदिय दायित्व अनुसार एक्यबद्ध भई अगाडि बढ्नुपर्नेमा उनले जोड दिए ।

बढुवा भएका प्रहरी अधिकृतको तर्फबाट प्रहरी उपरीक्षक ऋषिराम कंडेलले संगठनले लिएको उद्देश्य प्राप्तिका लागि सदैव एक्यबद्ध भई नयाँ उर्जाका साथ काम गर्ने प्रतिबद्धता जनाए ।

सुशोभन समारोहमा प्रहरी अतिरिक्त महानिरीक्षक, प्रहरी नायव महानिरीक्षक, वरिष्ठ प्रहरी अधिकृत लगायत प्रहरी अधिकृत तथा जवानकोसमेत उपस्थिति सहभागिता रहेको थियो ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर